― Advertisement ―

एआई डाटा केन्द्रहरूले ग्रहलाई पकाउँदै छन्, चरम ताप टापुहरू सिर्जना गर्दै छन् जसले लाखौं शहरहरू र ग्रामीण क्षेत्रहरूमा समान रूपमा असर गर्छ।

एआई डेटा केन्द्रहरू चरम माइल विस्तार गर्दै छन्। सुविधाहरू340 मिलियन भन्दा बढी मानिसहरूले हाइपरस्केल AI सुविधाहरूको कारणले उच्च तापक्रम अनुभव गर्छन्डेटा केन्द्रहरू नजिकै 16.4...
HomeLatest newsएन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन – KhabarHost

एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन – KhabarHost



२० कात्तिक, काठमाडौं । खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् ।

ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् ।

खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न भने पनि बेवास्ता गरिएपछि प्रदर्शनमै उत्रिनु परेको खेलाडीको भनाइ छ ।

प्रदर्शनमा खेलाडीका साथै फुटबल समर्थहरु पनि छन् । प्रदर्शन सुरु भएपछि एन्फामा सुरक्षा व्यवस्था कडा पारिएको छ । एन्फाको गेट बन्द छ । भित्र  प्रवेश गर्न रोक लगाइएको छ ।

एन्फाले यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र ए डिभिजन लिग फुटबल सुरु गर्ने निर्णय गरेको थियो ।

तस्वीर : विकास श्रेष्ठ

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More