― Advertisement ―

HomeLatest newsएनपीएल खेल्न नेपाल आइपुगे मिलिन्द कुमार – KhabarHost

एनपीएल खेल्न नेपाल आइपुगे मिलिन्द कुमार – KhabarHost


राष्ट्रिय

समाचार.

  • अमेरिकाका ब्याटर मिलिन्द कुमार आउँदो सिजन नेपाल प्रिमियर लिग क्रिकेट खेल्न नेपाल आइपुगेका छन्।
  • मिलिन्दले २०११ मा दिल्लीबाट भारतीय रणजी ट्रफीमा डेब्यु गरेका थिए र दुई पटक आईपीएल टोलीमा समावेश भएका थिए।
  • काठमान्डुले ६ वटै विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ र मिलिन्दले पछिल्लो तीन सिजन मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेलेका छन्।

२२ कात्तिक, काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । काठमान्डुले सामाजिक सञ्जालमार्फत उनी आइपुगेको जानकारी दिएको हो ।

कुमारले दिल्लीबाट २०११ मा भारतीय रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए ।

२०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

भर्खरै सम्पन्न लिग २ शृंखलामा पनि उनको प्रदर्शन शानदार रहेको थियो । उनले नेपालविरुद्ध दुवै खेलमा अर्धशतक बनाएका थिए भने यूएईविरुद्ध शतक र अर्धशतक बनाएका थिए ।

२०२१ मा उनी माइनर लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढी रन बनाएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डुले ६ वटै विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More