― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsएनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा...

एनपीएलमा आज दुई खेल हुँदै, लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै


राष्ट्रिय

समाचार.

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ मा बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो खेल हुँदैछ।
  • सुदूरपश्चिम रोयल्स ३ खेलमा ३ जितसहित अपराजित छन् भने लुम्बिनी लायन्स १ जित र २ हारसहित छैटौं स्थानमा छन्।
  • दोस्रो खेलमा अंकविहीन जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्, दुवैले हालसम्म २ खेल हारेका छन्।

११ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा बिहीबार दुई खेलहरू हुँदैछन् । पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् ।

पौने १२ बजे सुरु हुने पहिलो खेलमा लुम्बिनीले अपराजित सुदूरपश्चिमको सामना गर्न लागेको हो । लुम्बिनीले ३ खेल खेल्दा १ जित र २ हारको नतिजा निकालेको छ । सुदूरपश्चिमले ३ खेल खेल्दा ३ वटै जितेको छ ।

यस खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान र उपकप्तानबीचको भिडन्त पनि रहनेछ ।

लुम्बिनीले पहिलो खेलमा चितवन राइनोजलाई हराउँदा त्यसपछि कर्णाली याक्स र काठमान्डु गोर्खाजसँग पराजित भएको छ ।

सुदूरपश्चिमले काठमान्डु गोर्खाज, पोखरा एभेन्जर्स र कर्णाली याक्ससँगको खेल जितेर आएको छ । हालसम्म अपराजित रहने सुदूरपश्चिम एक्लो टोली हो ।

दुई टोलीबीच गत संस्करण भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो ।

यस्तै आजै हुने अर्को खेलमा दुई जितविहीन टोली भिड्दै छन् । जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दुवैले हालसम्म खेलेका २ वटै खेल हारेका छन् ।

जनकपुर काठमान्डु गोर्खाज र विराटनगर किङ्ससँग पराजित भएको थियो भने पोखरा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।

गत संस्करणमा भएको खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको जित हासिल गरेको थियो ।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा ६ अंकसहित शीर्षस्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ ।

जनकपुर र पोखरा २ खेलमा अंकविहीन रहँदै क्रमश: सातौं र आठौं स्थानमा छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More