― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
HomeLatest newsएनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा

एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा



१ कात्तिक, महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफीको आज पूजापाठ गरी नगर परिक्रमा गराइएको छ ।

सात वटै प्रदेशमा ट्रफी परिक्रमा गराउने कार्यक्रमअन्तर्गत मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरिएको हो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले ट्रफीको पूजापाठ गरेपछि आयोजकले जानकी मन्दिरको प्राङ्गणमा बनाइएको मञ्चमा राखेर उक्त कपको प्रदर्शन गर्नुका साथै नगरका विभिन्न भागमा परिक्रमा गराइएको हो ।

जानकी मन्दिरबाट सुरु भएको नगर परिक्रमा राम मन्दिर–मुरलीचौक–जिरो माइल–रामानन्द चौक–पिडारी चौक–मिल्स एरिया–भानु चौक–कदम चौक–मुरलीचौक जिरोमाइल हुँदै बसपार्कमा पुगेर सम्पन्न भएको आयोजकले जनाएको छ । नेपाल प्रिमियर लिगको पहिलो शृंखला जनकपुर बोल्ट्सले जितेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More