राष्ट्रिय
समाचार.
- नेपाल क्रिकेट संघले आगामी सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य सार्वजनिक गरेको छ।
- साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबार रु. ५०० र प्लेअफ तथा फाइनलका लागि रु. १००० तोकिएको छ।
- प्रिमियम टिकट उद्घाटन खेल र शनिबार रु. १५००, अन्य दिन रु. १००० र प्लेअफ तथा फाइनलका लागि रु. २००० तोकिएको छ।
२७ कात्तिक, काठमाडौं । आगामी सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणका लागि टिकट मूल्य तोकिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विज्ञप्ति जारी गरेर टिकट दर सार्वजनिक गरेको हो । क्यानका अनुसार पहिलो चरणमा प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूको लागि मात्र टिकट बिक्री खुला गरिएको छ।
साधारण टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि रु. ५०० तोकिएको छ भने अन्य दिनका खेलका लागि पनि ५०० रुपैयाँ नै तोकिएको छ । प्लेअफ तथा फाइनलका लागि भने साधारण टिकटको मूल्य १००० रुपैयाँ पर्नेछ ।
यस्तै प्रिमियम टिकटको मूल्य उद्घाटन खेल र शनिबारको खेलका लागि १५०० रुपैयाँ तोकिएको छ । अन्य दिनका लागि प्रिमियम टिकटको मूल्य १००० रुपैयाँ छ ।
प्लेअफ तथा फाइनलका लागि २००० रुपैयाँको प्रिमियम टिकट किन्नुपर्ने छ ।
त्यसैगरी क्यानले सिजनल पासको पनि व्यवस्था गरेको छ । प्रतियोगिता भरीलाई हुने उक्त पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

