― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsएनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी अर्को सातादेखि हुने

एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी अर्को सातादेखि हुने


राष्ट्रिय

समाचार.

  • एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी लिग अन्तर्गत एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको छ।
  • काठमाडौं उपत्यका छनौट प्रतियोगिता मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन नकआउट आधारमा सञ्चालन हुने आयोजकले जनाएको छ।
  • क्षेत्रीय स्तरमा पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि छनौट प्रतियोगिता हुने र कुल ६ टिमले फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन्।

१७ मंसिर, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले खेलाडी उत्पादनको उद्देष्यले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।

यसमा काठमाडौं उपत्यका छनौट प्रतियोगिता आइतबार सुरु हुँदैछ । उपत्यका छनौट प्रतियोगिता थिमि, भक्तपुरस्थित मिड भ्याली सेकेन्डरी स्कुलमा दुई दिन सञ्चालन हुने आयोजकले जनाएको छ । त्यसमा ८ स्कुलले नकआउटको आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौं उपत्यका छनौटको विजेता टिम (स्कुल) राष्ट्रिय स्तरको एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रवेश गर्ने आयोजकले जनाएको छ ।

त्यस्तै, क्षेत्रीय स्तरमा छनौट प्रतियोगिता पोखरा, विराटनगर, बुटवल, धनगढी र जनकपुरमा पनि आयोजना गरिनेछ ।

प्रत्येक क्षेत्रका छनौटका विजेता गरी कुल ६ टिमले एनकेएल सिजन २ कै अवसरमा हुने एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिपको फाइनल चरणमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

एनकेएल सिजन २ को तयारीमा रहेको एस्ट्रोनिक्स म्यानेजमेन्टले कबड्डीलाई ग्रासरुट स्तरबाटै विकास गर्ने प्रयासमा एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप आयोजना गर्न लागेको हो । यस प्रतियोगिताले नेपाली कबड्डी र एनकेएलप्रति आकर्षण बढ्ने आशा गरिएको एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले बताए ।

ग्रासरुटबाट उत्पादित खेलाडी नै व्यावसायिक लिगको लागि तयार हुने विश्वास गरिएको छ ।

एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा एनकेएलको पहिलो संस्करण गत वर्ष सफलतापूर्वक आयोजना गरेको थियो ।

संघसँग १० वर्षे सम्झौता गरी फ्रेन्चाइज टिमको अवधारणामा एनकेएल सञ्चालन गरेको हो । एनकेएलको दोस्रो संस्करणको तयारी भइरहेको र त्यसका लागि ५ सय १२ नेपाली खेलाडीले नाम दर्ता गरिसकेका छन् । जुन गत वर्षभन्दा झण्डै दोब्बर हो ।

एनकेएल सिजन २ को खेलाडी ड्राफ्ट र प्रतियोगिताको मिति चाँडै घोषणा गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणको एनकेएलमा काठमाडौं माभरिक्सलाई ४३–४१ ले पराजित गर्दै जनकपुर नाइट्स  च्याम्पियन बनेको थियो ।

पहिलो सिजनका दुई कप्तान काठमाडौंका घनश्याम रोका मगर र हिमालयन रेइडर्सका गणेश पार्कीले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ खेलेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More