― Advertisement ―

अमेरिकी सेनाले निजी ड्रोन निर्माताहरूलाई पहिले सरकारी सम्झौताको आवश्यकता बिना सैन्य दायरामा हतियार परीक्षण गर्न अनुमति दिँदैछ

निजी अमेरिकी ड्रोन कम्पनीहरूले सेनालाई पहुँच गर्न अनुरोध गर्न सक्नेछन्। दायराहरूरेन्ज पहुँच अनुरोध गर्नु अघि कम्पनीहरूलाई अब विद्यमान सरकारी साझेदारीको आवश्यकता पर्दैनअमेरिका र मोरक्को...
HomeLatest newsएक लगानीयोग्य फेसन पिस – KhabarHost

एक लगानीयोग्य फेसन पिस – KhabarHost


राष्ट्रिय

समाचार.

  • ओभरकोट जाडो मौसमका लागि आवश्यक र बहुमुखी कपडा हो, जसलाई विभिन्न लुगामाथि लगाउन सकिन्छ र यसले न्यानोपन र स्टाइल दुवै दिन्छ।
  • फेसन डिजाइनर प्रकृति वस्तीका अनुसार, ओभरकोट किन्नुअघि जीवनशैली, आवश्यकता र शारीरिक बनोटलाई ध्यान दिनुपर्छ।

ओभरकोट जाडो मौसमका लागि एक आवश्यक र बहुमुखी कपडा हो, जसले स्टाइल र न्यानोपन दुवै प्रदान गर्छ । यो एउटा यस्तो पिस हो जसलाई सारी, कुर्था, फर्मल कपडा वा क्याजुअल वेयरमाथि लगाउन सकिन्छ । फेसन डिजाइनर प्रकृति वस्तीका अनुसार, ओभरकोट किन्नुअघि यसलाई आफ्नो जीवनशैलीबारे विचार गर्नु आवश्यक छ।

ओभरकोट प्राय सीमित मात्रामा किनिने र लामो समयसम्म प्रयोग गरिने पहिरन हो । त्यसैले ओभरकोट खरिद गर्नुअघि आफ्नो आवश्यकता अनि शारीरिक बनोटमा ध्यान दिनुपर्छ । ओभरकोटको इतिहास हेर्ने हो भने, यो १९औं शताब्दीमा युरोपमा सैनिकहरूले लगाउने कपडाबाट विकसित भएको हो । यसले आज विश्वव्यापी फेसनमा क्लासिक स्थान ओगटेको छ ।

ओभरकोट किन्नुअघि सोच्नु पर्ने कुरा

१.आवश्यकता र जीवनशैली

तपाईँको कामको प्रकृति कस्तो छ ? यदि हप्तामा ६ दिन काम गर्नुहुन्छ र एक दिन घर बस्नुहुन्छ भने, ओभरकोट लगाउने अवसर कति छ ? यदि काममा युनिफर्म छ भने, यो कतिखेर लगाउने ? यदि तपाईंको जीवनशैलीमा पिकनिक वा बाहिर घुम्न जाने अवसर कम छ भने, यो अनावश्यक हुन सक्छ । साथै यदि दैनिक रूपमा फर्मल वा क्याजुअल रूपमा बाहिर निस्कनुहुन्छ भने, यो उपयुक्त हुन्छ ।

प्रकृति वस्ती, फेसन डिजाइनर

ओभरकोट जाडोमा न्यानो र फेसनेबल लुगा हो । तर, यदि यसलाई कहाँ, कुन स्टाइलमा प्रयोग गर्ने भन्ने कुरा जान्नु जरुरी छ । यदि जीवनशैलीसँग मेल खान्छ भने, यसले आत्मविश्वास बढाउँछ र बहुमुखी प्रयोग हुन्छ । यसलाई जीवनशैलीसँग जोडेर हेर्दा, यदि तपाईंको काम कर्पोरेट वा क्लाइन्ट मिटिङमा आधारित छ भने, यसले अथोरिटी र प्रोफेसनल लुक दिन्छ । जस्तो लुगा लगाउँछौं, त्यसै अनुसार व्यवहार र मुड प्रभावित हुन्छ ।

उदाहरणका लागि, फर्मल ओभरकोट लगाउँदा अथोरिटी महसुस हुन्छ, जबकि क्याजुअलमा रिल्याक्स मुड हुन्छ । यदि तपाईंको जीवनशैलीमा क्लबिङ वा पार्टी बढी छ भने, यसलाई स्कर्ट वा ड्रेससँग म्याच गर्न सकिन्छ ।

गुणस्तर जाँच्ने तरिका : लगानीको आधार

ओभरकोट सस्तो मूल्यमा किन्नु भन्दा गुणस्तरमा ध्यान दिनु राम्रो हुने फेसन डिजाइनर प्रकृति वस्ती बताउँछिन् । ‘ओभरकोटलाई ‘इन्भेस्टमेन्ट पिस’ मानिन्छ, जसले वर्षौंसम्म चल्नुपर्छ’ वस्ती भन्छिन्, ‘सस्तो मूल्यमा किन्नु भन्दा गुणस्तरमा ध्यान दिनु राम्रो हुन्छ । गुणस्तर जाँच्दा ५–१० वर्षसम्म चल्ने गरी हेर्नुपर्छ।’

गुणस्तरका मापदण्ड

सिलाई (स्टिचिङ) : सिलाइको लाइन सीधा र मजबुत हुनुपर्छ । भित्रबाट कसरी जोडिएको छ भनेर हेनुपर्छ । राम्रो गुणस्तरमा भित्री भाग (लाइनिङ) राम्रोसँग अट्याच गरिएको हुन्छ । यदि सिलाइ कमजोर छ भने, १–२ सिजनमै बिग्रिन सक्छ।

बटन : बटनको गुणस्तर जाँच्नुपर्छ । प्लास्टिक वा कमजोर बटन नहोस्, धातु वा मजबुत सामग्रीका हुनुपर्छ । राम्रो ब्रान्डहरू जस्तै जारा वा एचएण्डएममा धातु बटन प्रयोग हुन्छ, जुन लामो समय टिक्छ ।

लाइनिङ (भित्री भाग) : भित्री भाग नरम र टिकाउ हुनुपर्छ । सस्ता ओभरकोटमा लाइनिङ नै हुँदैन, जसले चिसो बढाउँछ । राम्रो लाइनिङ सिल्क वा पोलिस्टरबाट बनेको हुन्छ, जसले न्यानोपन बढाउँछ ।

ड्युरेबिलिटी : कोटमा धुलो वा फर टाँसिने प्रकारको नहोस् भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । सफा गर्न सजिलो र लामो समय टिक्ने हुनुपर्छ । फोल्ड भाग र पट्टा जाँच्नुपर्छ। वाटरप्रुफ वा एंटी–स्टेन सामग्री भए अझ राम्रो ।

मोटाई : ओभरकोट बल्की (मोटो) वा पातलो दुई प्रकारका हुन्छन् । जाडो अनुसार छान्नुपर्छ । नेपालको जाडोमा मोटो ऊनको ओभरकोट उपयुक्त हुन्छ, जसले माइनस डिग्रीसम्मको जाडोमा सुरक्षा दिन्छ ।

राम्रो ओभरकोटमा ऊन (क्यास्मिर जस्ता) प्रयोग हुन्छ, जसले चिसोबाट बचाउँछ र आरामदायी हुन्छ । सस्तोमा सिंथेटिकको सामग्री हुन्छ, जुन छिट्टै बिग्रिन्छ । क्यास्मिर ऊनले ८० प्रतिशत न्यानोपन दिन्छ, जबकि सिंथेटिकले मात्र ४० प्रतिशत ।

मूल्य र लगानी

बजारमा २५०० देखि २५ हजार नेपाली रुपैयाँसम्म पर्ने कोटहरू उपलब्ध छन् । यस्तोमा ओभरकोटमा कति लगानी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । ‘कस्ट पर वेयर’ गणना गर्नुपर्छ । यदि २० हजार रुपैयाँको ओभरकोट १०० पटक लगाउनु भयो भने, प्रतिपटक २०० रुपैयाँ पर्छ । २०० पटक लगाएमा यो झन् सस्तो हुन्छ । सस्तो किन्नु भयो भने छिट्टै फेर्नु पर्छ, जसले घाटा हुन्छ ।

नेपालमा लोकल ब्रान्डका ओभरकोट ५ हजार देखि १० हजारमा पाइन्छन् । अन्तर्राष्ट्रिय ब्रान्डहरु १५ हजारदेखि ३० हजारमा पर्न सक्छ ।लगानी गर्दा, वार्षिक १० प्रतिशत मूल्यवृद्धि हुने अनुमान गर्दा पनि महँगो गुणस्तरले लामो समयसम्म टिकाउ भएर फाइदा दिने फेसन डिजाइनर वस्ती बताउँछिन् ।

रङ र डिजाइन : क्लासिक र न्युट्रल छनोट

डिजाइनर वस्तीका अनुसार ‘ओभरकोटमा रङ र डिजाइनले यसको महत्व निर्धारण गर्छ । त्यसैले यसको रङ छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । मनपर्ने रङ जस्तै गुलाबी वा निलो कलरको ओभरकोट किन्नु हुँदैन । किनकि यो विशेष अवसरमा मात्र लगाउन सकिन्छ । त्यसैले न्युट्रल रङहरू छान्नुपर्छ जस्तो कालो, खैरो, सेतो, गाढा निलो । यी रङहरू बहुमुखी हुन्छन् र अन्य रङको लुगासँग मिलाएर लगाउन सकिन्छ । न्युट्रल रङहरूले भित्रका कपडा (स्वेटर, स्कार्फ) मा रङ खेलाउन सजिलो बनाउँछ ।’

ओभरकोट किन्दा ट्रेन्डी डिजाइन जस्तै धेरै बटन, झुन्डिने सामान, क्रिज भएको किन्नु हुँदैन । क्लासिक र सिम्पल डिजाइन छान्नुपर्छ जसमा कम सामानको प्रयोग र सिधा कट हुन्छ । ट्रेन्डी पिस एक सिजन मात्र चल्छ, तर क्लासिक धेरै वर्षसम्म चल्छ । क्लासिक डिजाइनले आत्मविश्वास प्रदान गर्ने र फेसनलाई स्थायी बनाउने वस्ती बताउँछिन् ।

साइज र फिट : शरीर अनुसार छनोट

ओभरकोटको साइज गलत भएमा यसले हाइट कम देखिने वा नसुहाउँने भएकाले त्यसमा सचेत रहनुपर्ने वस्तीको भनाइ छ । त्यसैले आफ्नो हाइट, काँधको चौडाइ, कम्मर अनुसारको कोट छान्नुपर्छ । खल्तीको स्थान सही हुनुपर्छ । कोट छोटो वा लामो नहोस् भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । आइडियल लेन्थले हाइट बढाउँछ । कम हाइट भएकाले छोटो लेन्थ लगाउनु हुँदैन यसले हाइट काट्छ ।’

वस्तीका अनुसार कोटको प्रकारहरू ए–लाइन, स्ट्रेट र बक्सी हुन्छन् । आफ्नो शरीरको आकारअनुसार छान्नुपर्छ । यदि सम्भव छ भने आफ्नो नाप अनुसार सिलाउनुपर्छ जसले परफेक्ट फिट दिन्छ । तयारी ओभरकोटमा साइज नमिल्न सक्छ । राम्रो फिटले राम्रो देखिन्छ, जसले आत्मविश्वास बढाउँछ ।

हेर्दा राम्रो देखिने लुगा भन्दा पनि शरीरमा लगाउँदा राम्रो देखिन कपडा छान्न वस्तीको सुझाव छ । इमेज कन्सल्टेन्टका रूपमा, शरीरको प्रोपोर्सन (हाइट, विथ, सोल्डर) हेरेर कोट छान्नुपर्छ । उदाहरणका लागि, काँध चौडा भएकाले बक्सी कोटबाट बच्नुपर्छ, यसले बक्स जस्तो देखाउँछ । राम्रो लुगा नभई, शरीर अनुसार मिलेको लुगाले राम्रो देखाउने उनको भनाइ छ ।

स्टाइलिङ टिप्स : विभिन्न अवसरमा प्रयोग

ओभरकोट बहुमुखी छ, जसलाई एक्सेसरीजले परिवर्तन गर्न सकिन्छ । यसलाई जीवनशैली अनुसार स्टाइल गर्दा, कामको प्रकृति हेर्नुपर्छ । यदि क्याजुअल काम छ भने, जिन्स, क्याजुअल जुत्ता र हाइनेकसँग लगाउन सकिन्छ । यदि क्लाइन्ट मिटिङ वा कर्पोरेट छ भने, फर्मल प्यान्ट, हाफ बुट र बेल्टसँग ।

सारीसँग : ओभरकोटमा बेल्ट लगाएर कम्मर डिफाइन गर्न सकिन्छ । बेल्ट मोटो वा पातलो आफ्नो शरीरको प्रकार अनुसार छनोट गर्न सकिन्छ ।

कुर्था वा फर्मलसँग : कुर्ता वा फर्मल लुगामा पनि ओभरकोट स्टाइल गर्न सकिन्छ । कुर्था र कोटको कलर मिलाएर लगाउँदा राम्रो देखिन्छ ।

क्याजुअल : जिन्स, क्याजुअल जुत्ता र स्कार्फसँग स्टाइल गर्न सकिन्छ । क्लबिङमा स्कर्ट र लंग बुट्ससँग स्टाइल गर्न सकिन्छ ।

फर्मल/अफिस : अफिस जाँदा फर्मल प्यान्ट, हाफ बुट, बेल्टसँग ओभरकोट स्टाइल गर्न सकिन्छ । उलनको ड्रेस वा बडिकन ड्रेससँग फुल लेन्थ बुट्ससँग पनि राम्रो देखिन्छ ।

एक्सेसरिज : अवसर अनुसार स्कार्फ, ब्याग, जुत्ता म्याच गर्न सकिन्छ । ओभरकोटमा फर्मल ब्यागले अफिस लुक दिन्छ, टल्किने ब्यागले पार्टी लुक । यो सबै आफ्नो स्टाइल र जीवनशैलीमा निर्भर गर्छ, जसरी आलुलाई फ्राई वा बोइल गरेर खान सकिन्छ ।

बजारमा उपलब्धता र सल्लाह

बजारमा विभिन्न गुणस्तरका ओभरकोट पाइन्छन् । कतिपय पसलले सामान्य गुणस्तरलाई महँगो मूल्यमा बेच्छन् । त्यसैले आफैं स्मार्ट हुनुपर्छ । यदि सम्भव छ भने इमेज कन्सल्टेन्टसँग सल्लाह लिनुहोस्, जसले शरीरको उचाइ र काँध अनुसारको कपडा सिफारिस गर्न सकोस् । नेपालमा काठमाडौंको असन, न्यूरोड वा दरबारमार्गमा राम्रा ओभरकोट पाइन्छन् । अनलाइनमा पनि उपलब्ध छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More