― Advertisement ―

TerraMaster F4-425 NAS 120TB भण्डारण ठाउँको मूल्य कटौती हुन्छ

तपाईंको आफ्नै केन्द्रीकृत भण्डारण निर्माण गर्नुको अर्थ NAS मा नै भाग्य खर्च गर्नु हुँदैन। हामीले टेरामास्टर NAS यन्त्रहरूको दायरा परीक्षण गरेका छौं जसले हामीलाई...
Homeराष्ट्रिय समाचारएक महिनामै भित्रिए १ लाख २८ हजार – KhabarHost

एक महिनामै भित्रिए १ लाख २८ हजार – KhabarHost


राष्ट्रिय

समाचार.

  • अक्टोबर २०२५ मा नेपालमा १ लाख २८ हजार ४ सय ४३ पर्यटक भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३.३ प्रतिशत बढी हो।
  • सन् २०२५ को १० महिनामा कुल ९ लाख ४३ हजार ७ सय १६ पर्यटक नेपाल आएका छन्, जसमा भारतबाट सबैभन्दा बढी २ लाख ४३ हजार ३ सय ५० पर्यटक छन्।
  • सरकारले १ सय ७५ टोलीका १ हजार ४ सय ५० आरोहीबाट २५ करोड ५१ लाख रुपैयाँ रोयल्टी संकलन गरिसकेको छ।

१६ कात्तिक, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् ।

जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए ।

यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् ।

भारतबाट अक्टोबरमा १७ हजार २ सय ९८ पर्यटक आएका छन् । अमेरिकाबाट १३ हजार २ सय ८६ आएको तथ्यांक छ । बेलायतबाट ८ हजार ७ सय १८ आएका छन् । ६ हजार ७ सय ५५ पर्यटक सहित चीन चौथो स्थानमा छ ।

त्यस्तै जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कुल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत छ । युरोपेली देशबाट ४० हजार ६ सय पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२.६ प्रतिशत पर्यटक आएका छन् ।

भारतसहित ती देशबाट २९ हजार ६० पर्यटक आएका छन् । अन्य एसियाली देशबाट २३ हजार १ सय २७ पर्यटक आएका छन् । अमेरिकी देशबाट १६ हजार ४ सय ७ र ओसियाना क्षेत्रबाट ६ हजार ८ सय १४ पर्यटक आएको देखिन्छ ।

त्यस्तै मध्यपूर्वी देशबाट ३ हजार ५ सय ४८ पर्यटक आएका छन् । अफ्रिकाबाट ४ सय ४३ जना आएको तथ्यांक छ । अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल भित्रिएका छन् ।

जारी शरद ऋतुमा १ सय ७५ टोलीका १ हजार ४ सय ५० आरोहीले अनुमति लिएका थिए । जसबाट सरकारले २५ करोड ५१ लाख रोयल्टी संकलन गरिसकेको छ ।

१० महिनामा ९ लाख ४३ हजार पर्यटक

सन् २०२५ को १० महिनामा कुल ९ लाख ४३ हजार ७ सय १६ पर्यटक नेपाल आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या अघिल्लो वर्ष यसै अवधिको तुलनामा सामान्य अंकले धेरै हो ।

२०२४ को १० महिनामा ९ लाख ४१ हजार २४ पर्यटक आएका थिए । १० महिनामा पर्यटक आगमन दृष्टिले पहिलो नम्बरमा भारत छ । भारतबाट २ लाख ४३ हजार ३ सय ५० पर्यटक नेपाल आएका छन् । दोस्रो स्थानमा अमेरिका छ । १० महिनामा ९३ हजार ९ सय ८५ अमेरिकी नेपाल भ्रमणमा आएका छन् । तेस्रो स्थानमा चीन छ ।

त्यहाँबाट ७८ हजार ९ सय २९ जना आएका छन् । बेलायतबाट ४७ हजार २ सय ६१, बंगलादेश ४५ हजार २ सय ८७, अस्ट्रेलिया ३८ हजार ९ सय ८४, श्रीलंका ३२ हजार १ सय ३७, जर्मनी २४ हजार ८ सय ४१, थाइल्यान्ड २२ हजार २ सय ६१ र दक्षिण कोरियाबाट १९ हजार ३ सय २९ जना आएको बोर्डको तथ्यांक छ ।

यस वर्ष १० महिनामा कुल पर्यटकमध्ये दक्षिण एसियाबाट ३५.८ प्रतिशत (३ लाख ३७ हजार ५ सय ११) र एसियाका अन्य देशबाट २०.९ प्रतिशत (१ लाख ९७ हजार २ सय ९६) पर्यटक आएको देखिन्छ ।

त्यस्तै युरोपेली देशबाट १९.१ प्रतिशत (१ लाख ८० हजार १ सय ४५) पर्यटक आएको बोर्डले जनाएको छ । अमेरिकी देशबाट १२ प्रतिशत (१ लाख १३ हजार ४ सय ५९), ओसियन क्षेत्रका देशबाट ४.४ प्रतिशत (४१ हजार ९ सय २), अफ्रिकी देशबाट ०.४ प्रतिशत (३ हजार ४ सय ७९) र अन्य क्षेत्रबाट ५.५ प्रतिशत (५१ हजार ५ सय १४) पर्यटक आएको बोर्डको तथ्यांक छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More