― Advertisement ―

एन्टिमेटरले बिजुली आपूर्ति पहिले नै उपलब्ध छ जहाँ सञ्चालन गर्न डिजाइन गरिएको मोड्युलर डेटा केन्द्रहरूको विश्वव्यापी रोलआउटको साथ बढ्दो अनुमान मागलाई लक्षित गर्दछ।

बिजुली वितरण नगरिएको माइक्रो सेन्टरमा रूपान्तरित कम्प्युटनेटवर्कले विश्वभरका १,००० मोड्युलर साइटहरूमा स्थापित ४००,००० GPUs लाई लक्ष्य गर्छऊर्जा-पहिलो डिप्लोयमेन्टले ढिलो ग्रिड जडान अनुमोदनहरूको कारणले हुने...
Homeएक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो

एक कुकुर, जसलाई ‘खुंखार आतंकवादी’ मार्ने मिसनमा पठाइयो


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सैनिक कुकुर काइरोले बुलेटप्रूफ ज्याकेट, नाइट भिजन क्यामेरा र माइक्रोफोन लगाएर विस्फोटक पदार्थ पत्ता लगाउने र खतरा पहिचान गर्ने महत्वपूर्ण भूमिका निभायो।
  • काइरो र ह्यान्डलर विल चेस्नीको गहिरो सम्बन्धले मिशन सफल बनायो, तर क्यान्सरले काइरोको मृत्यु भयो र चेस्नीले युद्धको ट्रामाबाटिक असरसँग लड्नुपर्‍यो।

सन् २०११ को मे १ । पाकिस्तानको अबोटटोबादमा, अमेरिकी नेभी सिअलको एक विशेष टोलीले इतिहासकै सबैभन्दा विशेष मिशन ‘अपरेशन नेप्च्युन स्पिअर’को तयारी गरिरहेको थियो ।

त्यो विशेष मिशन थियो-विश्वकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाद्वारा सबैभन्दा खोजिएका ‘मोस्ट वान्टेड’, ओसामा बिन लादेनलाई नियन्त्रणमा लिने । उनलाई पक्राउ गर्नु चानचुने कुरा थिएन ।

ओसामा वर्षौँदेखि भूमिगत थिए । न फोन प्रयोग गर्थे, न इन्टरनेट । उनी आफ्नो सम्पर्क केवल कुरियरमार्फत राख्थे । त्यसैले, अमेरिकाको सबै प्रयास अनुमान र सूक्ष्म इंटेलिजेन्समा आधारित थियो । जसले गर्दा सूचना पाएको स्थानमा उनी छन् कि छैनन्, कसैले शतप्रतिशत भन्न सक्दैनथ्यो ।

त्यसमाथि पाकिस्तानसँग अमेरिकाको सम्बन्ध पहिले नै तनावरहित थिएन । यदि अपरेशन असफल भयो वा पाकिस्तानले त्यसको जानकारी पायो मात्र भने, अन्तर्राष्ट्रिय विवाद निम्तिन्थ्यो ।

अर्को कुरा जुन ठाँउमा ओसामा छन् भनिएका थिए, त्यो कम्पाउन्डमा उनको परिवारसहित अरू नागरिक पनि बस्थे । त्यसैले हरेक ढोका खोल्दै खोज्नु गाह्रो काम थियो । यी सबै कारणले ‘अपरेशन नेप्च्युन स्पिअर’ एउटा अत्यन्त जोखिमपूर्ण र एउटा सानो गल्तीले मिशन नै बिगार्न सक्थ्यो ।

त्यसैले, तयारी व्यापक चलिरहेको थियो । यो तयारीमा  सैनिक कुकुर पनि थियो । त्यो कुकुरको नाम थियो कैरो, जसलाई बेल्जियन मालिनोइस प्रजातिको सैन्य कार्यकारी कुकुरको रूपमा प्रयोग गरिएको थियो । सैनिक कुकुर काइरोको आफ्नै ठाट थियो । ज्यानमा बुलेटफ्रफ ज्याकेट । काइरो बुलेटप्रूफ ज्याकेट, नाइट भिजन क्यामेरा, र माइक्रोफोन जस्ता सामरिक गियर भिरेर मैदानमा उत्रिन्थ्यो ।

यो मिसन पाकिस्तानको अबोटाबादमा बिन लादेनको कम्पाउन्डमा गरिएको थियो, जसमा काइरोलाई विस्फोटक पदार्थहरू पत्ता लगाउन, सुरक्षित क्षेत्र खोज्न र आवश्यक परे आक्रमण गर्न प्रयोग गरियो ।

मिसनको सुरुवातमा चेस्नी र कैरो ब्ल्याक हक हेलिकोप्टरबाट कम्पाउन्ड बाहिर उत्रिए । काइरोलाई केवलर भेस्ट र नाइट भिजन गगल्स लगाइएको थियो, जसले रातमा पनि काम गर्न सजिलो बनायो । कम्पाउन्डको परिधि खोज्न काइरोलाई खुला छोडियो, जसले बमहरू वा भाग्ने सुरुङहरू पत्ता लगाउने काम गर्‍यो । सिल टिमले घरभित्र प्रवेश गरेपछिकाइरोले बाहिरको सुरक्षा सुनिश्चित गर्‍यो । बिन लादेन मारिएपछि, काइरोले कम्पाउन्ड बाहिर जम्मा भएको भीडलाई नियन्त्रण गर्न मद्दत गर्‍यो, जसले सिलहरूलाई दस्तावेजहरू, कम्प्युटरहरू र अन्य प्रमाणहरू सङ्कलन गर्न तथा क्षतिग्रस्त हेलिकोप्टर नष्ट गर्न समय दियो । राष्ट्रपति बाराक ओबामाले मिसनपछि कैरोलाई भेट्न चाहेको कुरा उल्लेख गरिएको छ, जसले काइरोको महत्वलाई झल्काउँछ। चेस्नीका अनुसार, काइरो मिसनको हरेक सदस्य जत्तिकै महत्वपूर्ण थियो, तर उसलाई सिल्भर स्टार मेडल दिइएन ।

एक असाधारण सैनिकको सुरुवात

काइरो कुनै साधारण कुकुर थिएन । बेल्जियन म्यालिनोइस नश्लको यो कुकुरलाई विशेष प्रजनन र प्रशिक्षण कार्यक्रमबाट छानिएको थियो । जर्मनी वा नेदरल्यान्ड्सको शुट्ज्हुन्ड जस्ता कठिन प्रशिक्षण प्रणालीबाट आएको काइरोको मूल्य करिब १० हजार डलर थियो । यो नश्ल साहस, बुद्धिमत्ता र दबाबमा काम गर्न सक्ने क्षमताका लागि प्रसिद्ध छ ।

उनले काइरोलाई प्रशिक्षण दिने अवसर पाए । काइरोलाई सैनिक कुकुर बनाउनुअघि उसको शारीरिक र मानसिक क्षमता जाँचिएको थियो । उसको सूँघ्ने शक्ति र वफादारीले उसलाई नेभी सिल्सको विशेष मिशनका लागि उपयुक्त बनायो ।

काइरोको प्रशिक्षण केवल सीप सिकाउने प्रक्रिया मात्र थिएन, यो विश्वास र बन्धन निर्माणको यात्रा थियो । चेन्सीले पुस्तकको परिचयमा मै लेखेका थिए, ‘काइरो मेरो छोरा थियो । र, म उसको बाबु । म यो शब्दलाई उपमाका रूपमा प्रयोग गर्दिनँ । ह्यान्डलर र क्यानाइन सीलबीचको सम्बन्ध गहन र घनिष्ठ हुन्छ । यो मित्रता मानिस र कुकुरबीचको सामान्य बन्धनभन्दा माथि छ ।’

प्रशिक्षण र बन्धन : आगोमा गाँसिएको साझेदारी

काइरोलाई प्रशिक्षण दिनु एक पूर्णकालीन प्रतिबद्धता थियो । चेस्नीले यसलाई ‘२४–घण्टे डुबाइ’ को रूपमा वर्णन गर्छन् । यो प्रशिक्षणले काइरोको प्राकृतिक संवेदनशीलतालाई एक तीक्ष्ण हतियारमा परिणत गर्‍यो । विस्फोटक पदार्थ पत्ता लगाउनेदेखि शत्रुको क्षेत्रमा नेभिगेट गर्नेसम्म, काइरोलाई अफगानिस्तानका साना गाउँहरूदेखि शहरी गढहरूमा काम गर्न सक्षम बनाइयो ।

उसलाई विस्फोटक पदार्थ पत्ता लगाउने, शत्रुको क्षेत्रमा नेभिगेट गर्ने र खतरनाक परिस्थितिमा सही निर्णय लिन सक्ने बनाइएको थियो । काइरोलाई बुलेटप्रूफ ज्याकेट, नाइट भिजन क्यामेरा र माइक्रोफोन जस्ता सामरिक गियर लगाउन सिकाइएको थियो । तर उसको सबैभन्दा ठूलो हतियार उसको ह्यान्डलर, विल चेस्नीसँगको गहिरो सम्बन्ध थियो ।

उनीहरूको सम्बन्ध पारस्परिक थियो । ‘धेरै तरिकाले, मलाई लाग्थ्यो कि काइरोले मलाई जति सिकाउन सक्थे, म उसलाई सिकाउन सक्थेँ, ’ चेस्नीले आफ्नो पुस्तकमा लेखेका छन् ।

प्रशिक्षणमा काइरोलाई गोलाबारीमा अभ्यस्त बनाउने, तनावमा आदेशहरू पालना गर्न सिकाउने र गन्ध पत्ता लगाउने वा शत्रुलाई समात्ने कला सिकाउने समावेश थियो । यो प्रक्रिया केवल सीपको बारेमा थिएन, यो विश्वासको बारेमा थियो । चाहे पहाड चढ्नु होस् वा हेलिकप्टरबाट प्यारासुटमा झर्नु, काइरो र चेस्नी एक अविभाज्य इकाई बने ।

उनीहरूको पहिलो साझा तैनाथी सन् २००९ को जुनमा अफगानिस्तानमा भयो । उच्च–जोखिम मिशनहरूमा, जस्तै तालिबानद्वारा बन्दी बनाइएका अमेरिकी सैनिक प्राइभेट बोवे बर्गडाहललाई खोज्ने, काइरोले त्यहाँ पनि आफ्नो बहादुरी साबित गर्‍यो ।

तर एक मिशनमा, गोलाबारीको क्रममा काइरो गम्भीर रूपमा घाइते भयो । उसको छाती र खुट्टामा चोट लाग्यो । एक युद्ध चिकित्सकले तुरुन्तै उपचार गरी काइरोलाई बग्राम एयरफिल्डमा हेलिकप्टरबाट उद्धार गरियो । चेस्नी, आफ्नो साझेदार गुमाउने डरले भावनात्मक रूपमा बिचलित भए ।

काइरोको उपचार टेक्सासको ल्याकल्यान्ड एयर फोर्स बेसमा, रक्षा विभागको सैनिक कुकुर कार्यक्रमको केन्द्रमा लामो समयसम्म चल्यो । दुई महिनाभन्दा बढी समयसम्म चेस्नी र काइरो अलग रहे । र उनीहरूको पुनर्मिलन अनिश्चित थियो । तर काइरोको लचकताले उनलाई जितायो ।

सन् २०११ को मार्चसम्म, ऊ फेरि ड्युटीका लागि तयार भयो । अवकाश नलिई, बरु, अर्को मिशनका लागि तयार ‘स्पेयर’ कुकुरको रूपमा राखियो ।

अपरेशन नेप्च्युन स्पिअर : इतिहास परिवर्तन गर्ने रात

सन् २०११ को मार्चको अन्त्यमा, चेस्नीलाई भर्जिनियामा फर्कन र काइरोलाई लिन आदेश दिइयो । काइरो, आफ्नो सामरिक गियरले सु-सज्जित, अगाडि थियो ।  उनको भूमिका महत्वपूर्ण थियो- विस्फोटक पदार्थ, लुकेका खतरा पत्ता लगाउने ।

कुकुरको तीव्र सूँघ्ने क्षमता र चर्तुयीले टोलीलाई अनावश्यक ढोका फुटाउन वा लामो खोजीमा समय गुमाउन परेन । काइरो सहितको टोली जब कम्पाउन्ड नजिक पुग्यो, काइरोले लादेनको सुगन्ध र आवाजका सूक्ष्म संकेतहरू पहिचान गर्‍यो ।

मानिसहरूको हलचल, कुन कोठा प्रयोग भइरहेको थियो र सम्भावित लुक्ने ठाउँहरू कता छन् । उसलाई खोज्न धेरै समय लागेन । जब सिअल टोलीलाई एउटा खतरनाक ढोकाबाट प्रवेश गर्न डर लागिरहेको थियो, काइरोले नेतृत्व लियो । प्रत्येक कोठा जाँच्यो र संकेत दियो- ‘क्लियर ।’

अन्ततः लादेनलाई गिरफतार गर्न टोली सफल भयो ।

सो मिशनको सफलता विश्वप्रसिद्ध छ । काइरो, यो चार खुट्टे नायक, रातारात राष्ट्रिय सेलिब्रेटी बन्यो ।

युद्ध मैदानभन्दा बाहिरको बन्धन

चेस्नी अवकाश पछि घरमा बस्न थाले ।  उनलाई  विस्तारै  ‘पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर’ले मानसिक रुपमा अस्वस्थ बनायो । यो अवस्था तब हुन्छ जब व्यक्ति आफ्नो जीवनमा भयावह वा त्रासद अनुभव पछि लामो समयसम्म मानसिक र भावनात्मक रूपमा पीडित हुन्छ । उनलाई पनि सेनामा हुँदा युद्धमा भएका परिघटनाहरुको आघातले असर पारिरहेको थियो ।

तर, औषधिले उनलाई निको पार्न सकिरहेको थिएन । उनले त्यसपछि  फोर्समा भएका क्यारोलाई आफूसँग राखे । काइरोको उपस्थितिले चेस्नीलाई स्थिरता दियो, जब शब्दहरूले काम गरेनन्, काइरोको उपस्थिति उनको लागि राहतको औषधि बन्यो । चेस्नी  पहिलेको जस्तो जोसिलो र फूर्तिलो हुँदै गए ।

‘जहाँसुकै हामी जान्थ्यौं, काइरोलाई पनि लान्थ्यौं’ चेस्नी सम्झन्छन् । उमेर बढ्दै जाँदा काइरोको स्वास्थ्य बिग्रियो । काइरोलाई क्यान्सरले गाँज्यो, युद्धमा जस्तो जित्न नसकेको लडाइँमा उसले हार्‍यो ।

कसरी काइरो मिशनका लागि छानिए ?

टेक्सासका एक युवा विल चेस्नीले सानैदेखि नेभी सिअल बन्ने सपना देख्थे । संयुक्त राज्य अमेरिकाको विशेष बल समूह, जसलाई नेभी सील भनिन्छ । समुद्री, हवाइ र जमिनी अभियानहरूका लागि सैनिक प्रशिक्षित हुन्छ । यो समूहले आतंकवादविरोधी अभियान, युद्ध, बन्धक उद्धार, र अन्य प्रत्यक्ष सैन्य अभियानहरू जस्ता विभिन्न प्रकारका मिशनहरू सम्पन्न गर्छ ।

सन् २००२ मा, १८ वर्षको उमेरमा उनले त्यही सपना पूरा गर्न सेनामा भर्ना भए । उनलाई त्यहा पुग्न सहज बाटो लाग्थ्यो । बेसिक अन्डरवार्टर डिमोलिसन/सील प्रशिक्षणमा सबैभन्दा बलियो र दृढ व्यक्तिहरूलाई छानियो । भर्ती हुने १६८ पुरुष थिए, तर केवल उनीसहित २२ जनाले उत्तीर्ण गरे ।

सिलहरूलाई प्रतिकूल परिस्थितिमा काम गर्न सक्ने र भावनाहरूलाई मिशनमा बाधा नपुग्ने बनाउन सक्ने व्यक्तिहरू चाहिन्थ्यो । यो प्रशिक्षणले उनलाई शारीरिक र मानसिक रूपमा बलियो बनायो, जसले उनलाई प्रतिकूल परिस्थितिमा काम गर्न सक्षम बनायो । उनी बने निर्भिक कुशल नेभी सिअल ।

सन् २००६ सम्म, चेस्नीलाई सैनिक कुकुरहरूप्रति कुनै चासो थिएन ।

त्यही वर्ष उनी एक प्रदर्शनमा चेस्नीले पहिलो पटक बेल्जियन म्यालिनोइस कुकुरको क्षमता देखे । यो कुकुरको सटिकता, बुद्धिमता र निर्भीकताले उनलाई चकित बनायो । यही भेटले उनमा सैनिक कुकुरहरूसँग काम गर्ने इच्छा जाग्यो ।

सन् २००८ मा, अफगानिस्तानको तैनाथीमा पुनः उनको भेट काइरोसँग भयो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More