― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsएकीकरणमा नीति र व्यवहारबीच अन्तर’ – KhabarHost

एकीकरणमा नीति र व्यवहारबीच अन्तर’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • वैदेशिक रोजगारीबाट फर्किएकाको पुन: एकीकरणमा संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय अभावले समस्या देखिएको छ।
  • अध्ययनले ५९ प्रतिशत फर्किएका श्रमिकले पुन: एकीकरण कार्यक्रमबारे जानकारी नपाएको र पहुँच समस्या भोगेको देखाएको छ।
  • सरकारलाई परिवार केन्द्रित, लैङ्गिक–संवेदनशील दृष्टिकोण र तथ्यमा आधारित अनुगमन प्रणाली सुदृढ गर्न सुझाव दिइएको छ।

३ पुस, काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएकाको पुन: एकीकरणमा नीति र व्यवहारबीच अन्तर देखिएको छ ।

प्रदेश, स्थानीय तह र संघीय सरकारबीचको समन्वय अभावमा वैदेशिक रोजगारीबाट फर्किएकाको पुन: एकीकरणमा समस्या देखिएको एक अध्ययनले देखाएको हो ।

रिइन्टिग्रेट परियोजनाका एम्स्टर्डम विश्वविद्यालय सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी (सेस्लम), सोसल साइन्स बहा: को सहकार्यमा गरिएको ‘वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि नेपालमा पुन: एकीकरण शासन’ विषयमा गरिएको अध्ययनले नीति र व्यवहारबीच अन्तर रहेको देखाएको हो ।

काठमाडौं, स्थानीय सरकारका रूपमा पुन: एकीकरण कार्यक्रम सञ्चालन भएको धनकुटा र त्रियुगा नगरपालिका, कार्यक्रम सञ्चालन नभएको साँगुरीगढी गाउँपालिका र प्रदेशस्तरका लागि विराटनगरमा अध्ययन गरिएको थियो ।

सन् २०२३ मार्चदेखि डिसेम्बरसम्म लगाएर गरिएको अध्ययनमा वैदेशिक रोजगारीबाट फर्किएका ५४ जनासँग विस्तृत अन्तर्वार्ता र सरकारको तीन तहका विभिन्न ४२ सरोकारवालासँग अन्तर्वार्ता गरिएको रिइन्टिग्रेट परियोजनाका तर्फबाट सोसल साइन्स बहा: का सहनिर्देशक डा. जीवन बानियाँले जानकारी दिए ।

उक्त अध्ययन प्रतिवेदन आज अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आयोजित कार्यक्रममा डा. बानियाँ र रोजिका महर्जनले प्रस्तुत गरेका थिए ।

डा. बानियाँले कोभिडपछि पुन: एकीकरणसँग सम्बन्धित शासन व्यवस्था, नीति विस्तार हुँदै गएको बताए । पहिला माइग्रेसनमा केन्द्रित हुने गरेकोमा अचेल पुन: एकीकरणसँग सम्बन्धित नीति तथा कार्यक्रमलाई समेत जोड दिने गरेको बताए । तर, तीन वटै तहको सरकारका नीति र व्यवहारमा भने परिवर्तन रहेको अध्ययनले देखाएको हो ।

अध्ययनमा सहभागी मुख्यत: मलेसिया, साउदी अरब, कतार तथा अन्य खाडी मुलुकमा औसत ७.४ वर्ष काम गरेर फर्किएका थिए । नेपाल फर्किएको औसत अवधि ३.२ वर्ष रहेको देखिएको छ ।

तीन तहका पुन: एकीकरण नीति विश्लेषण

अध्ययनले नेपालमा लागु तीन प्रमुख पुन: एकीकरण शासन व्यवस्था समीक्षा गरेको छ । संघीय स्तरमा लागु पुन: एकीकरण कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७९, सामीबाट विकसित रेमी परियोजना र धनकुटा नगरपालिकाको स्थानीय पुन: एकीकरण नीति प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । यी नीतिले सामाजिक, आर्थिक तथा उद्यमशील पुन: एकीकरण लक्ष्य गरे पनि कार्यान्वयनमा विविध चुनौती देखिएका छन् ।

तालिमले आत्मविश्वास बढायो, तर रोजगारीसँग जोडिन सकेन

त्रियुगामा सञ्चालन गरिएको पाइलट पुन: एकीकरण कार्यक्रम अन्तर्गत सिप तालिम र वित्तीय साक्षरताले सहभागीमा आत्मविश्वास र प्रेरणा बढाएको पाइएको छ । तर, छोटो तालिम अवधि, पर्याप्त पूँजी अभाव र सहुलियतपूर्ण ऋण उपलब्ध नहुनुका कारण रोजगारी वा व्यवसायमा ठोस रूपान्तरण हुन नसकेको अध्ययनले देखाएको छ ।

धनकुटामा प्रदान गरिएको किस्ताबन्दी अनुदानले केहीलाई व्यवसाय सुरु गर्न सहयोग गरे पनि आधाभन्दा बढी सहभागी अनुगमन, प्राविधिक सहयोग र पर्याप्त रकम नहुँदा असफल भएको पाइएको छ ।

अध्ययन अनुसार ५९ प्रतिशत फर्किएका श्रमिकले कुनै पनि पुन: एकीकरण कार्यक्रमबारे जानकारी नपाएको बताएका छन् । कतिपयले पक्षपात, पहुँच समस्या र सरकारी निकायमा अपमानजनक व्यवहार अनुभव गरेको उल्लेख गरेका छन्, जसले पुन: एकीकरण कार्यक्रमप्रति अविश्वास बढाएको निष्कर्ष निकालिएको छ ।

सरकारी मान्यता र आधिकारिक पहिचानले फर्किएका श्रमिकमा मनोवैज्ञानिक रूपमा सकारात्मक प्रभाव पार्ने, परिवार केन्द्रित रेमी मोडेल उपयोगी देखिएको तथा वित्तीय साक्षरताका व्यावहारिक विधि प्रभावकारी भएको अध्ययनले देखाएको छ ।

तर, कार्यक्रमहरू मुख्यत: आर्थिक पक्षमा सीमित रहँदा मनोसामाजिक, मानसिक स्वास्थ्य र लैङ्गिक–उत्तरदायी सहयोग कमजोर रहेको निष्कर्ष निकालिएको छ ।

प्रमुख चुनौती

अध्ययनले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय अभावलाई प्रमुख चुनौतीको रूपमा देखाएको छ । त्यस्तै प्रदेश सरकारको भूमिका अस्पष्टता, नीति कागजमै सीमित हुनु, नागरिक समाज र फर्किएका श्रमिकको औपचारिक सहभागिता तथा बजार पहुँच र पूँजीको कमीलाई समेत मुख्य चुनौतीका रूपमा औँल्याएको छ ।

पुन: एकीकरणलाई पूर्ण आप्रवासन चक्रमा आधारित बनाउन सुझाव दिएको छ । परिवार केन्द्रित तथा लैङ्गिक–संवेदनशील दृष्टिकोण अपनाउने, तथ्यमा आधारित अनुगमन प्रणाली सुदृढ गर्ने र राष्ट्रिय, द्विपक्षीय तथा स्थानीय पहललाई पूरक रूपमा विकास गर्न सरकारलाई सुझाव दिएको छ ।

वैदेशिक रोजगारबाट फर्किएकाहरूको दिगो पुन: एकीकरणका लागि नीति र व्यवहारबीचको अन्तर घटाउन तत्काल सुधार आवश्यक रहेको जनाएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More