― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
Homeराष्ट्रिय समाचारएकता घोषणा सभामा प्रचण्ड- हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न...

एकता घोषणा सभामा प्रचण्ड- हाम्रो पार्टी देशकै एक नम्बर बन्न कसैले रोक्न सक्दैन



१८ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।

बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपालमा यो पार्टी त यसै पनि देशको एक नम्बर पार्टी बन्न अब कसैले रोक्न सक्दैन । यो एक नम्बर पार्टी त भयो-भयो अब । कसैलाई टाउको दुखेको पनि हुन सक्छ । कतिपय प्रतिक्रियावादीलाई त राति निद्रा नलाग्ने पनि होला । नलागे नलागोस् तिनीहरूलाई,’ प्रचण्डले भने ।

देशभरि एकता घोषणा सभा र अभियान लिएर जाने उनले बताए ।

‘चुनावी परिचालनको अपिल गर्दै जानेछौं । देश एकचोटी फेरि हाम्रो आत्मसमीक्षा, आत्मआलोचना, प्रतिबद्धता, संकल्पलाई जनताले साथ दिने विश्वास हामीले  लिएका छौं । तर यसो भनिरहँदा हामी अहंकारमा जान भने हुँदैन,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More