― Advertisement ―

‘यी नयाँ नम्बरहरू अत्यन्तै चिन्ताजनक छन् र म भन्छु कि तिनीहरू अस्थिर छन्’: टेक्सासले डाटा केन्द्रहरूलाई कर छुटमा $ 1 बिलियन भन्दा बढी दिनेमा...

प्रत्येक वर्ष केन्द्रमा थप डेटा हराउँदै गएको छ। करपहिले मात्र केही मिलियन, राज्यले मात्र 2026 मा $ 1.3 बिलियन गुमाउन सक्छसमर्थकहरू भन्छन लाभहरूमा ठूलो...
Homeराष्ट्रिय समाचारएकताको पहल गर्न राप्रपा नेपालले बनायो वार्ता टोली

एकताको पहल गर्न राप्रपा नेपालले बनायो वार्ता टोली


राप्रपा नेपालद्वारा गठित तीन सदस्यीय वार्ता टोली।


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले समान विचारधारा भएका दलसँग एकता र सहकार्यका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
  • पार्टीले जेन–जी आन्दोलनको म्यान्डेट विदेशी शक्तिहरूको षडयन्त्रले हाइज्याक भएको निष्कर्ष निकालेको छ।
  • राप्रपा नेपालले आगामी निर्वाचनलाई आन्दोलनको रूपमा प्रयोग गर्दै विभिन्न जनजागरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

१७ कात्तिक, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालले समान विचारधारा भएका दल र समूहसँग एकता र सहकार्यका सम्बन्धमा छलफल गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।

वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित समितिमा उपाध्यक्ष तेज कुरूम्वाङ र महामन्त्री राजाराम बर्तौला सदस्य छन्।

राप्रपा नेपालको आज बसेको कार्य सम्पादन समितिको बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो ।

वार्ता टोलीले एकताको निम्ति सहमत हुने हिन्दुवादी, राजावादी, राष्ट्रवादी तथा भ्रष्टाचार विरोधी शक्ति र समूहहरूसँग तत्काल एकता र सहकार्यको पहल गर्ने बर्तौलाले जानकारी दिए।

महामन्त्री बर्तौलाले पार्टीले आगामी दिनमा गर्ने जनसंघर्ष एवं निर्वाचनमा सहभागितालाई दृष्टिगत गर्दै समान विचारधारा भएका राजनीतिक शक्तिहरूसँग एकता र सहकार्य गर्ने निर्णय गरेको बताए।

बैठकले जेन–जी आन्दोलनको म्यान्डेट विदेशी शक्तिहरूको षडयन्त्र अन्तर्गत हाइज्याक हुन पुगेको निष्कर्ष निकालेको छ। ‘भ्रष्ट व्यवस्थाका पृष्ठपोषकहरू तथा नेपालमा आफ्नो प्रभुत्व कायम गर्न चाहने विदेशी शक्तिहरूको षड्यन्त्रको परिणामस्वरूप जेन–जी आन्दोलनको म्यान्डेट ‘हाइज्याक’ हुन पुगेको बैठकको निष्कर्ष रहेको छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘फलस्वरूप आन्दोलन अधुरो र अपुरो हुन गयो। यो अधुरो र अपुरो आन्दोलनलाई टुङ्गोमा पुर्‍याउने तथा जनचाहना अनुसार सुधारको एजेन्डालाई स्थापित गर्न आगामी दिनमा विभिन्न चरणका जनपरिचालन र संघर्षका कार्यक्रमहरू सञ्चालन गरिनेछ।’

राप्रपा नेपालले मंसिर पहिलो साता ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, मंसिर र पुस महिनामा ७५३ वटै पालिकाहरूमा हस्ताक्षर अभियान सञ्चालन गर्ने, पुस महिनामा ‘मेची महाकाली राष्ट्रिय जागरण यात्रा’ सञ्चालन गर्ने निर्णय गरेको छ।

यस्तै, काठमाडौं उपत्यकाका १५ वटै नगरपालिकाका विभिन्न स्थानमा जनजागरण अभियान सञ्चालन गर्ने, आगामी मंसिर र पुसमा वर्तमान अवस्थाबारे पार्टीको विचार, दृष्टिकोण र कार्ययोजनाबारे बुद्धिजीवी वर्ग, नागरिक समाजका अगुवाहरू एवं उद्योगपति र व्यवसायीहरूलाई जानकारी गराउन देशका सबै महानगरपालिका, उपमहानगरपालिका र बहुसंख्यक नगरपालिकाहरूमा ‘जनताको माझमा राप्रपा नेपाल– अन्तरसवाद कार्यक्रम’ आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रदेश संरचनाको खारेजी, हिन्दू अधिराज्यको स्थापना, निर्वाचन प्रणालीमा आमूल सुधार, संवैधानिक अङ्गहरूमा नियुक्ति सम्बन्धी व्यवस्थामा आमूल परिवर्तन, कृषि विकासको वैकल्पिक मोडेल, भ्रष्टाचार निराकरण गर्न जनलोकपालको मान्यतामा आधारित सशक्त र प्रभावकारी संस्थाको स्थापना लगायतका विषयलाई प्रमुख मुद्दाका रूपमा लिएर आगामी निर्वाचनलाई समेत आन्दोलनको रूपमा प्रयोग गर्ने निर्णय राप्रपा नेपालले लिएको महामन्त्री बर्तौलाले जानकारी दिए।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More