― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsउम्मेदवार सिफारिस गर्न तहगत कमिटीलाई निर्देशन गर्नुपर्‍यो – KhabarHost

उम्मेदवार सिफारिस गर्न तहगत कमिटीलाई निर्देशन गर्नुपर्‍यो – KhabarHost



८ पुस, काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभाको समानुपातिक तर्फको उम्मेदवार सिफारिस गर्नुपर्ने विषयमा महासचिव शंकर पोखरेलको ध्यानाकर्षण गरेका छन् ।

यसका लागि पार्टीको बैठक बस्नुपर्ने उनको आग्रह छ ।

‘प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक उम्मेदवारको नाम पेश गर्नु पर्ने समय नजिक आईसकेको छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको बैठक बसेर मापदण्ड बनाएर तहगत कमिटीलाई उम्मेदवार सिफारिस गर्न निर्देशन गर्नु पर्ने छ । महासचिव कमरेड शंकर पोखरेललाई फोन मार्फत यो विषय ध्यानाकर्षण गरेको छु ।’

समानुपातिकतर्फ निर्वाचन लड्न चाहने दलले यही पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समय छ ।

बन्दसूची पेस गर्दा समानुपातिकमा समावेशी कोटा अनुसार बुझाउनुपर्ने हुन्छ । यसअघि २०७९ को चुनावमा २०६८ सालको जनगणनाअनुसार नै समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको थियो ।

यसपटक भने २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा निर्धारण गरिएको छ । यसका लागि सरकारले अध्यादेशमार्फत निर्वाचन ऐन नै संशोधन गरेको छ ।

राष्ट्रपतिबाट गत शुक्रबार जारी भएको अध्यादेश अनुसार अब २०७८ सालको जनगणना अनुसार समानुपातिकमा समावेशी कोटा बमोजिम राजनीतिक दलहरूले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउनुपर्ने हुन्छ ।

प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र ११० सदस्यको चयन एक समानुपातिक निर्वाचन प्रणलीद्वारा गरिन्छ । ११० सिटमा हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारको बन्दसूची बुझाउँदा  समानुपातिकमा समावेशी कोटाअनुसार बुझाउनुपर्ने हुन्छ ।

निर्वाचन आयोगका अनुसार संशोधित ऐनअनुसार ११० सिटमै उम्मेदवारी दिँदा खसआर्य ३३, आदिवासी जनजाति–३२, मधेशी–१८, दलित–१५, थारू ७ मुस्लिम समुदायबाट ५ जनाको नाम बन्दसूचीमा बुझाउनुपर्ने हुन्छ । समग्रमा ५० प्रतिशत महिला हुनुपर्छ ।

प्रारम्भिक सूची आगामी माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानविन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।





Read More