― Advertisement ―

म RAM-hogging गुगल क्रोमले मेरो ल्यापटपलाई क्रल गर्न ढिलो गर्नबाट बिरामी छु, त्यसैले Asus Vivobook 16 को Best Buy मा रेकर्ड-कम मूल्य गम्भीर रूपमा...

म सँधै थप उत्पादनशील हुने उपायहरू खोज्दै आएको छु, विशेष गरी जब मसँग एकै पटक धेरै एप र वेबसाइटहरू खुला हुन्छन्।मैले सोचिरहेको एउटा समाधान...
HomeLatest newsउम्मेदवार सिफारिसमा मनपरि गरेको भन्दै एमाले दोलखाका उपसचिव सहितले दिए राजीनामा

उम्मेदवार सिफारिसमा मनपरि गरेको भन्दै एमाले दोलखाका उपसचिव सहितले दिए राजीनामा


राष्ट्रिय

समाचार.

  • एमाले दोलखाका उपसचिव हरि ओलीसहित विभिन्न नेताहरूले उम्मेदवार सिफारिसमा मनपरि गरेको भन्दै सामूहिक राजीनामा घोषणा गरेका छन्।
  • प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा बालकृष्ण शिवाकोटीको दाबीलाई लत्याएर पार्वत गुरुङलाई एकल उम्मेदवार सिफारिस गरेपछि राजीनामा दिइएको हो।
  • उपसचिव ओलीले पार्टी अध्यक्षले निश्चित व्यक्तिको इसारामा मनोमानी निर्णय गरेको भन्दै सामूहिक राजीनामा दिएको बताएका छन्।

२० पुस, काभ्रेपलाञ्चोक । उम्मेदवार सिफारिसमा मनपरि गरेको भन्दै एमाले दोलखाका उपसचिव हरि ओली  सहित विभिन्न नेताहरूले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

पार्टीभित्र मनोमानी र एकलौटी निर्णय गरिएको भन्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक एमाले नेता बालकृष्ण शिवाकोटीको दाबीलाई लत्याएर बहुमतका आधारमा नेता पार्वत गुरुङलाई एकल उम्मेदवार सिफारिस गरेपछि दोलखा एमालेका उपसचिव हरि ओलीसहितले राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा दिनेमा ओलीसहित सचिवालय सदस्य गणेश शिवाकोटी, लेखा समितिका संयोजक इस्वरीप्रसाद दाहाल सहित जिल्ला कमिटी सदस्यहरू श्यामसुन्दर शिवाकोटी, इन्द्रबहादुर थामी, रमा शिवाकोटी, सविना केसी, कुमार बस्नेत, प्रलाद लामिछाने, विक्रम खड्का, नील कुमार खुलाल र होम थामी रहेका छन् ।

यस्तै, एमालेको कालिञ्चोक गाउँपालिका कमिटीका कार्यवाहक अध्यक्ष गणेशवहादुर शिवाकोटी र सचिव सुवास थामी सहितका पदाधिकारीले पनि राजिनामा घोषणा गरेका छन् ।

कालिञ्चोक–काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष कुमार बाबु शिवाकोटी, उपाध्यक्ष सपन अर्याल, सचिव राहुल कार्की, कोषाध्यक्ष कमल घिमिरे लगायतले राजीनामा दिएका छन् ।

यस्तै राजीनामा दिनेमा एमाले बागमती प्रदेश सम्पर्क समन्वय कमिटीका सदस्य मिलन शिवाकोटी, कविता शिवाकोटी र विवेक खड्का छन् ।

दोलखा–काठमाण्डौं सम्पर्क मञ्चका सदस्य माया खड्का सविन बस्नेत, लजुना नेपाली, पुरुषोत्तम खरेल तथा अन्तरजिल्ला युवा संघको अध्यक्ष माधव खड्काले पनि राजीनामा घोषणा गरेका छन् ।

राजीनामा दिनेहरूमा अधिकांश कालिञ्चोक गाउँपालिकाबाट विभिन्न कमिटीमा प्रतिनिधित्व गर्नेहरू रहेका छन् ।

उपसचिव ओलीले पार्टी अध्यक्षले निश्चित व्यक्तिको इसारामा मनोमानी ढंगले पार्टी चलाएको र एकलौटी निर्णय गरेर अघि बढेका कारण आफुहरूले सामूहिक राजीनामा दिएको बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More