― Advertisement ―

म एक पेशेवर फोटोग्राफर हुँ र मलाई कुनै पछुतो छैन कि मैले केवल आफ्नो परिवार र एक कोलान्डरसँग सूर्यग्रहणको आनन्द उठाएँ।

The २०२६ सूर्यग्रहण आइसकेको छ र गएको छ, र एपको दुई मिनेट अघि दर्शकहरू हेर्न लायक थिए। सूर्यास्त, एकदमै शोमा व्यवहार गरियो।यद्यपि यो मेरो...
HomeLatest newsउम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा – KhabarHost

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरी सर्वोच्चमा – KhabarHost



९ माघ, काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् ।

निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका हुन् ।

उनले आफ्नो उम्मेदवारी यथावत रहनुपर्ने र निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग समेत गरेका छन् ।

उनको निवेदनमाथि आगामी आइतबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुनेछ ।

जन्मकैदको सजाय पाएर राष्ट्रपतिबाट माफी मिनाह भए पनि कसुर र कैदको अभिलेख हुने भन्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी रद्द गरेको थियो ।

उनले कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए ।





Read More