― Advertisement ―

आर्टेमिस II डाटा विस्फोटले नासालाई अपोलो युगको रेडियो सीमाभन्दा बाहिर जंगली नयाँ लेजर संचार क्षेत्रमा धकेल्छ

प्रणालीले पुरानो डेटाको मात्रालाई हस्तान्तरण गर्न सक्दैन। कुशलतापूर्वकलेजर संचारले परम्परागत रेडियो प्रणाली भन्दा धेरै डाटा प्रसारण गर्दछइन्फ्रारेड प्रकाशले विशाल दूरीहरूमा उच्च-गति अन्तरिक्ष संचार सक्षम...
HomeLatest newsउम्मेदवारका चुनावी प्रचार तीव्र, घोषणापत्र लेखन सुस्त

उम्मेदवारका चुनावी प्रचार तीव्र, घोषणापत्र लेखन सुस्त



१३ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै उम्मेदवारहरूले आफ्नो प्रचार अभियान तीव्र पारेका छन् । मतदाता भेटघाट, घरदैलो अभियानदेखि डिजिटल प्लाटफर्महरूमा आफ्नो प्रचार गरिरहेका छन्।

तर दलीय लोकतान्त्रिक प्रणालीमा विशेष अर्थ राख्ने एउटा महत्त्वपूर्ण काममा भने दलहरूले आवश्यक ध्यान दिएको पाइँदैन। त्यो काम हो- दलहरूको चुनावी घोषणापत्र सार्वजनिक ।

२१ फागुनमा हुने चुनाव ३७ दिन बाँकी रहँदा समेत प्रमुख शक्तिहरू मध्ये कसैले पनि घोषणापत्र सार्वजिनक गरेका छैनन् । यसले मतदातालाई उम्मेदवार चिनाउने मुख्य काम नै अगाडि बढ्न सकेको छैन । जबकि चुनावी तयारी गर्न दलहरूलाई पर्याप्त समय थियो ।

२३ र २४ भदौको जेनजी आन्दोलनपछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारले ६ महिना समय राखेर चुनाव घोषणा गरेको थियो । यो अवधि दलहरूलाई घोषणापत्र तयार पार्न र सार्वजनिक गर्न पर्याप्त हुन्थ्यो।

घोषणापत्र ढिलो आउँदा उम्मेदवारहरूबीच तुलना गर्न मतदातालाई समस्या पर्नेमा भने स्वयं नेताहरू असहमत छैनन् ।

राजनीतिक विश्लेषक सौगात गौतम, प्रधानमन्त्रीका उम्मेदवार तय गरिसकेका दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गर्नलाई राम्रो मान्दैनन् । ‘घोषणापत्र जति छिटो सार्वजनिक हुन्छ, त्यति नै राम्रो,’ गौतम भन्छन्, ‘ढिलाइ भए जनतासँग त्यसलाई गम्भीर रूपमा मूल्याङ्कन गर्ने समय हुँदैन।’

घोषणापत्र ढिलाइप्रति सामाजिक सञ्जालमा पनि आवाज उठ्न थालेको छ । जेनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जाल मार्फत दलहरूलाई यथाशीघ्र घोषणापत्र सार्वजनिक गर्न आग्रह गरेकी छन् ।

‘हामी तपाईंहरूको घोषणापत्र पढ्न चाहन्छौं,’ उनले लेखेकी छन्, ‘संसदमा पुगेपछि तपाईं के गर्नुहुन्छ र तपाईंले बनाउन खोजेको नीति कस्तो हो भन्ने कुराको आधारमै जनताले तपाईंलाई मत दिने हुन्।’

लेखिका सृजना पोखरेलले पनि यस्तै खबरदारी गरेकी छन् । ‘खै !  हिजोको दम्भ र आजको अनुहारले नै पुग्ने त होला । घोषणापत्र त कसैलाई नचाहिने रहेछ,’ उनले लेखेकी छन्, ‘जसले हाम्रो विगत हेरेर भोट दिनू भन्छन् उनीहरूको विगत हेरिसक्नु छैन । जसको विगत छैन, केवल परिचयात्मक भिडियो हेरेर तपाईंलाई भोट दिन, तपाईं ब्युटी पेजेन्ट प्रतिस्पर्धी हो ?,’

मंगलबार आयोजित पत्रकार सम्मेलन ।

नेपाली कांग्रेसका नेताहरू पार्टीको घोषणापत्र लेखन कार्य प्रारम्भिक चरणमै रहेको बताउँछन् । ‘हामी अहिले प्रारम्भिक चरणमै छौं र विभिन्न क्षेत्रका विज्ञहरूसँग परामर्श गरिरहेका छौं,’ कांग्रेसका सभापति गगन थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेल भन्छन् ।

पौडेलका अनुसार घोषणापत्र ढिला भएको होइन, तर चुनावी गतिविधि सुरु भइसकेकाले जनतामा ढिलाइ भएको अनुभूति हुन पुगेको हो ।

‘सामान्यतया घोषणापत्र निर्वाचनभन्दा करिब एक महिना अगाडि मात्रै सार्वजनिक हुन्छ,’ उनी भन्छन् ।

सभापति थापा सर्लाहीको चुनावी अभियानमा रहेकाले फर्किएपछि बैठक राखेर घोषणापत्र सार्वजनिक गर्ने मिति तय हुने उनले बताए । कांग्रेसको घोषणापत्र मस्यौदा तयारीको नेतृत्व स्वयं गगन थापाले गरिरहेका छन् ।

अर्को दल नेकपा एमाले भने घोषणापत्र सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको छ । ‘घोषणापत्र लगभग सार्वजनिक गर्न तयार भइसकेका छौं,’ एमालेको प्रचार विभाग संयोजक मीनबहादुर शाही भन्छन् ।

ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको एमाले सचिवालय बैठक । फाइल तस्वीर

उनका अनुसार केही विषयमा थप आन्तरिक छलफल आवश्यक रहेकाले त्यसपछि घोषणापत्र सार्वजनिक गरिनेछ । ‘हामी सकेसम्म चाँडो सार्वजनिक गर्ने प्रयासमा छौं,’ उनले थपे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने १ फागुनमा घोषणापत्र सार्वजनिक गर्ने योजना बनाएको छ ।

‘मस्यौदामाथि छलफल भइरहेको छ र प्रदेशस्तर तथा फिल्ड अध्ययनबाट प्राप्त सुझाव र निष्कर्ष समेटिरहेका छौं,’ पार्टीका प्रवक्ता मनिष झाले भने।

स्वर्णिम वाग्ले/फाइल तस्वीर

पार्टीका उपसभापति स्वर्णिम वाग्लेको नेतृत्वमा क्रान्तिशिखा धिताल, नन्दन यादव, राम गुरुङ, अरनिको पाँडे रहेको टिमले घोषणापत्र मस्यौदा तयार गर्दैछ । यसपालि उम्मेदवारी दर्ता निर्वाचनभन्दा ४५ दिनअघि नै भएकाले घोषणापत्र ढिला भएको अनुभूति जनतामा परेको झाले स्पष्ट पारे । बाचापत्र लेखनमा सक्रिय केन्द्रीय सदस्य क्रान्तिशिखा धितालले उग्र महत्त्वाकांक्षी घोषणा नभई पूरा गर्न सकिने व्यावहारिक बाचाहरु सार्वजनिक हुने बताइन् ।

‘असम्भव र अनुत्तरदायी घोषणा होइन, खासगरी युवाहरुको भावना सम्बोधन हुनेगरी बाचापत्र लेखिरहेका छौं,’ धितालले भनिन्, ‘रास्वपाप्रतिको आम अपेक्षा सम्बोधन गर्ने गरी हामी चाँडै आउने छौं । शिक्षा स्वास्थ्य रोजगारी र पूँजी निर्माणका विषयलाई जोड दिनेछौं ।’

घोषणापत्र ढिलो आउँदा उम्मेदवारहरूबीच तुलना गर्न मतदातालाई समस्या पर्नेमा भने स्वयं नेताहरू असहमत छैनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More