― Advertisement ―

वर्डप्रेस वेबसाइटहरू आक्रमणमा छन् – विशेषज्ञ रिपोर्ट भन्छ कि दर्जनौं प्लगइनहरू हजारौं साइटहरूलाई लक्षित गर्न हाइज्याक गरियो

दुर्भावनापूर्ण वर्डप्रेस एस्टरबाट प्लगइनअपडेटहरू इन्जेक्टेड ब्याकडोरहरू, पूर्ण साइट पहुँच प्रदान गर्दैस्प्याम अभियानहरू मालिकहरूबाट लुकाइएको, C2 Ethereum स्मार्ट अनुबंध मार्फत समाधान गरियोएउटा ह्याकरले लेटिमेट डेटा...
HomeLatest newsउपाध्यक्ष ढकाल – KhabarHost

उपाध्यक्ष ढकाल – KhabarHost



१० मंसिर, काठमाडौं । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उनले हाल देशमा राजनितिक दलहरू खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताएका हुन् ।

हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उल्लेख गर्दै जेनजी आन्दोलनपछि नेपालमा नयाँ राजनीतिक दल खोल्ने प्रतिष्पर्धा नै चलेको बताए । राजनीतिक दल खोल्ने प्रतिस्पर्धालाई व्यङ्ग्य गर्दै उपाध्यक्ष ढकालले कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने प्रतिस्पर्धा हुनुपर्ने पनि बताए ।

‘जसरी अहिले देशमा दलहरू खोल्नको लागी प्रेरित भइरहेको छ । दिनानुदिन नयाँ दलहरू खोलिराख्नुभएको छ । आगामी यहाँहरूको मेनिफेष्ट्रोमा दिनानुदिन कम्पनी, उद्यमशिलता र उद्योग खोल्नको लागी तपाईहरूको मेनिफेष्ट्रोमा राख्नुपर्छ । किनभने हामीले संचारमा हेर्‍र्यौं भने कुनैपनि देश पोलिटिक्सले मात्र समृद्धि हुन सक्दैन,’ ढकालले भने, ‘जबसम्म हामीले पोलिटिक्सलाई इकोनोमीसँग सँगसँगै हाल्न सक्दैनौं । कुनैपनि देश समृद्ध हुन सक्दैन भन्ने मलाई लाग्छ । त्यसलेगर्दा म यही मञ्चबाट युवाहरूको आवाजलाई मैले आफ्नो बनाउँदै माननीय मन्त्रीज्यूलाई के भन्न चाहे भने आगामी दिनमा जुन पोलिसि बनाउँछौं ।’

उद्यमशिलता, उद्योग र आर्थिक सुधारलाई राजनीतिक एजेण्डाको मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनले आगामी निर्वाचनका लागि राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा कम्पनी दर्ता, उद्यम सञ्चालन र उद्योग विस्तारलाई सहज बनाउने स्पष्ट नीति समावेश गर्नैपर्नेमा जोड दिए ।

राजनीति केन्द्रित सोचले मात्रै देश विकास गर्न नसक्ने भन्दै उनले राजनीति र अर्थतन्त्रलाई समानान्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

‘पहिलाको सिष्टम र अहिलेको सिष्टम, अहिलेको थर्ड प्रोसेस चेन्ज भइसकेको कारणले गर्दा यो जेनेरेशनको जुन सिफ्ट छ, जेनेरेशनको ग्याप छ, यो जेनेरेशनलाई आउने हिसाबले हामीले कानून निर्माण गर्नसक्यौं र उनीहरूलाई एक्सेस दिनसक्यौं भने हामी समृद्धिको हिसाबमा धेरै टाढा छैनौं,’ उनले भने, ‘हामीसँग अथाहा सम्भावना छ । दुई ठूला मुलुकको बीचमा हामी जुन लोकेसनबाइ बसिराखेका छौँ । हाम्रो लागी त्यो एउटा सौभाग्य हो । हाम्रो लागि अपरच्युनिटि हो, त्यसले गर्दाखेरी हामी सबैजना मिलेर हाम्रो देशलाई समृद्ध बनाउनपर्छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More