― Advertisement ―

नयाँ डेटाले वास्तविक कार्यस्थलको निर्णय लिने क्रममा शुद्धता पिट्ने गति देखाउँदा उच्च कमाउनेहरूले चुपचाप एआई प्रयोगलाई सुस्त बनाउँछन्

शीर्ष कमाउनेहरूले AI काट्ने निर्णय गर्नु अघि उपकरणहरू प्रयोग गर्न नदिने पूर्वनिर्धारित गर्नुहोस्। विचारहरूकार्यकारीहरूले अब एआई कार्यप्रवाहहरूमा गतिमा शुद्धता र त्रुटि रोकथामलाई प्राथमिकता दिन्छन्मध्य-स्तरका...
HomeLatest newsउपल्लो मुस्ताङको निषेध फुकुवा गर्न माग – KhabarHost

उपल्लो मुस्ताङको निषेध फुकुवा गर्न माग – KhabarHost


राष्ट्रिय

समाचार.

  • मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङको निषेध क्षेत्र फुकुवा गर्न र विदेशी पर्यटकबाट लिइँदै आएको शुल्क हटाउन प्रधानमन्त्री सुशीला कार्कीलाई माग गरेका छन्।
  • मन्त्रिपरिषद्ले अध्यागमन नियमावली संशोधन गरी विदेशी पर्यटकले निषेधित क्षेत्र भ्रमण गर्दा दैनिक ५० डलर तिर्नुपर्ने व्यवस्था गरेको छ।
  • जनप्रतिनिधिको टोलीले कोरला नाकामा सहज आवागमन आवश्यक भएकाले निषेधित क्षेत्र हटाउनु जरूरी रहेको बताएका छन्।

४ मंसिर, काठमाडौं। मुस्ताङका स्थानीय जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गरेका छन् ।

जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वमा आएको जनप्रतिनिधिहरुको टोलीले बिहीबार बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हो।

उपल्लो मुस्ताङ भ्रमणमा जाँदा विदेशी पर्यटकले ५०० अमेरिकी डलर तिरेर न्यूनतम १० दिनको प्याकेज लिनैपर्ने व्यवस्था हटाएर सरकारले हालै प्रतिदिन ५० डलर कायम गरेकोमा पनि टोलीले त्यो संशोधन अपुग भएको भनेको छ।

मन्त्रिपरिषद्को गत मंगलबार बसेको बैठकले अध्यागमन नियमावली संशोधन गरी विदेशी पर्यटकले निषेधित क्षेत्र भ्रमण गर्दा दैनिक ५० डलर तिर्नुपर्ने व्यवस्था गरेको छ। स्थानीय जनप्रतिनिधिले यस्तो शुल्क लिने व्यवस्था नै खारेज हुनुपर्ने माग राखे ।

‘उपल्लो मुस्ताङका ३ वटा गाउँपालिकाको क्षेत्र निषेधित क्षेत्रमा घोषणा गरिएको र विदेशी पर्यटकहरुलाई महँगो शुल्क लिने नीतिले पर्यटकहरुलाई निरुत्साहित गरिरहेको अवस्था छ,’ टोलीले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, ‘भर्खरै मात्र मन्त्रिपरिषद्को निर्णयले एकमुष्ट प्रतिविदेशी पर्यटक प्रवेश शुल्क ५०० डलर लिने कानुनमा संशोधन गरी प्रतिदिन बसाइँको ५० डलर हुने गरी संशोधन गरिदिनुभएकोमा सरकारको चासो प्रति आभार तथा धन्यवाद ज्ञापन गर्दछौं।’

विदेशी पर्यटकहरुको भ्रमणमा केही सकारात्मक सन्देश दिने भए तापनि नेपाल र चीनबीचको महत्त्वपूर्ण कोरला नाका भन्सार नाकामा समेत विकसित भइसकेको अवस्थामा स्वदेशी तथा विदेशी नागरिकहरुको सहज आवागमन जरुरी देखिएकोले निषेधित क्षेत्र हटाउनु जरूरी रहेको टोलीले ध्यानाकर्षण गराएको थियो।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More