― Advertisement ―

AdGuard VPN सँग iPhone को लागि नयाँ एप छ – र तपाइँ यसलाई 7 दिनको लागि निःशुल्क प्रयास गर्न सक्नुहुन्छ

AdGu को iOS संस्करण अद्यावधिक गरिएको छ। एपअद्यावधिकले आईफोन प्रयोगकर्ताहरूका लागि ७-दिनको निःशुल्क परीक्षण पनि प्रस्तुत गर्दछपरीक्षणले प्रिमियम सुविधाहरूमा असीमित ट्राफिक प्रदान गर्दछAdGuard ले...
HomeLatest newsउत्तर कोरियाले रूस पठायो पाँच हजार सैनिक, यस्तो छ कारण

उत्तर कोरियाले रूस पठायो पाँच हजार सैनिक, यस्तो छ कारण


राष्ट्रिय

समाचार.

  • उत्तर कोरियाले सेप्टेम्बरदेखि करिब पाँच हजार निर्माण सेना रूस पठाएको दक्षिण कोरियाली सांसदले गुप्तचर रिपोर्ट उद्धृत गर्दै बताए।
  • उत्तर कोरियाली सेना युक्रेन युद्धमा रुसी सेनासँग लड्न पठाइएको र करिब ६०० सैनिकको मृत्यु भएको दक्षिण कोरियाली स्रोतले दावी गरेको छ।
  • उत्तर कोरियाले सेना पठाउने बदलामा रूसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा क्षेत्रमा आपूर्ति पाएको विश्लेषकहरूले बताएका छन्।

१८ कात्तिक, सियोल । उत्तर कोरियाले गत सेप्टेम्बरदेखि यता करिब पाँच हजार सैनिक रूस पठाएको छ ।

दक्षिण कोरियाली सांसदले मङ्गलबार सियोलको गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाबाट करिब पाँच हजार निर्माण सेना रूस पठाइएको जानकारी दिएका हुन् ।

‘पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भन्दै उत्तर कोरियाले निर्माण सैनिक रूस पठाएको उनले बताए ।

उत्तर कोरियाली नेता किम जोङ उन युक्रेनमा जारी युद्धबाट उत्साहित भएका र रुसी सेनासँग लड्न हजारौं सेना पठाएका र यसको बदलामा मस्कोबाट महत्त्वपूर्ण सहयोग पाएको दक्षिण कोरियाली स्रोतले बताएको छ।

दक्षिण कोरियाली सांसद ली सियोङ–क्वेनले भने, ‘करिब पाँच हजार उत्तर कोरियाली सैनिक सेप्टेम्बरदेखि चरणबद्ध रूपमा रुस जाँदैछन् र उनीहरूलाई पूर्वाधार पुनर्निर्माणका लागि परिचालन गरिने अपेक्षा गरिएको छ ।’

उनले भने, ‘थप सेना तैनाथीको तयारीका लागि प्रशिक्षण र कर्मचारी चयनको निरन्तर सङ्केतहरू फेला परेका छन् ।’

दषिण कोरियाली गुप्तचर निकायले सांसदहरूलाई भनेको छ, “हाल रूस–युक्रेन सीमा नजिक लगभग १० हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको अनुमान गरिएको छ।

युक्रेन युद्धमा कम्तीमा ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको र हजारौं घाइते भएका दक्षिण कोरियाको दावी रहेको छ।

विश्लेषकहरूका अनुसार उत्तर कोरियाले सेना पठाउने बदलामा रुसबाट आर्थिक सहायता, सैन्य प्रविधि र खाद्यान्न तथा ऊर्जा क्षेत्रमा आपूर्ति प्राप्त गरिरहेको छ।

यसले उत्तर कोरियालाई आफ्नो परमाणु र मिसाइल कार्यक्रमहरूमा लगाइएको कडा अन्तर्राष्ट्रिय प्रतिबन्धका बीच आर्थिकरूपमा पनि राहत मिलेको छ ।





Read More