― Advertisement ―

बिहीबार, अप्रिल १६ (खेल #७७४) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT Strands को लागि एक नयाँ समय क्षेत्र जुन तपाइँको रातको मध्यमा देखा पर्दछ। कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
HomeLatest newsउत्तरी गोरखाको रिबम गुम्वाको छात्रावासमा आगलागी – KhabarHost

उत्तरी गोरखाको रिबम गुम्वाको छात्रावासमा आगलागी – KhabarHost


राष्ट्रिय

समाचार.

  • गोरखाको चुमनुव्री गाउँपालिका–२ ल्होस्थित रिबम बौद्ध गुम्वाको छात्रावासमा आइतवार दिउँसो आगलागी हुँदा चार तले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ।
  • आगलागीबाट करिव ६० जना बालबालिका बस्ने छात्रावासमा लत्ता कपडा, भाडावर्तन र प्राथमिक उपचारका औषधी जलेर नष्ट भएका छन्।
  • प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि आगलागीको कारण अझै खुल्न सकेको छैन र थप अनुसन्धान भइरहेको छ।

२१ मंसिर, गोरखा। चुमनुव्री गाउँपालिका–२ ल्हो स्थित रिबम बौद्ध गुम्वाको छात्रावासमा आगलागी भएको छ। आइतवार दिउँसो भएको आगलागीबाट भवन पुर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

‘करिव ५० वटा कोठे चार तले भवन रहेछ,’ डिएसपी राजकुमार श्रेष्ठले भने, ‘सबै जलेर नष्ट भएको छ ।’ उक्त भवनमा लामा पढाउने गुरुसहित करिव ६० जना बालबालिका बस्ने गरेको उनले जानकारी दिए।

आगलागीबारे स्थानीयले खवर गरेपछि प्रहरी टोलि घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारण भने खुल्न नसकेको बताइएको छ।

‘बिद्युत सर्ट भएर आगो लागेको भन्ने अनुमान पनि छ, तर एकीन कारण खुल्न सकेको छैन,’ एसपी भरतबहादुर बिकले भने। आगलागीबाट भवनभित्र रहेको लत्ता कपडा, भाडावर्तन, प्राथमिक उपचारका औषधी जलेर नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।





Read More