― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest newsउज्यालो नेपाल पार्टीको बैठक जारी, कुलमान पनि सहभागी

उज्यालो नेपाल पार्टीको बैठक जारी, कुलमान पनि सहभागी



१२ पुस, काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक जारी छ । शनिबार दिउँसो केहीबेरदेखि बैठक जारी रहेको सो पार्टीका नेताहरूले जानकारी गराएका छन् । बैठक पार्टी केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा बसिरहेको हो ।

ऊर्जामन्त्री समेत रहेका सो पार्टीका संरक्षक कुलमान घिसिङ पनि बैठकमा सहभागी भएका छन् ।

बैठकमा सहभागी हुनुअघि आजै बिहान पनि घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका थिए ।

सो क्रममा भएका छलफलबारे अहिले कुलमानले पार्टी बैठकमा ब्रिफिङ गरिरहेका छन् ।

‘उहाँ (कुलमान) पनि बैठकमा सहभागी हुनुहुन्छ । विशेषगरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ हुने जानकारी हामीले पाएका छौं,’ सो पार्टीका एक नेताले भने ।

मेयर शाहले पछिल्ला केहीदिनदेखि राजनीतिक भेटवार्ता तिव्र बनाएका छन् ।





Read More