― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsईश्वर पोखरेल – KhabarHost

ईश्वर पोखरेल – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन्।
  • पोखरेलले पार्टी अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्दै भण्डारीलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई असर गर्ने उल्लेख गरेका छन्।
  • उनले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा सशक्त बनाउन भण्डारीलाई पार्टीमा फर्कने वातावरण निर्माण गरिने बताएका छन्।

९ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्ने बताएका छन् ।

अध्यक्ष पदको उम्मेदवारी घोषणा गर्न जारी वक्तव्यमा पोखरेलले भण्डारीलाई पार्टी काममा फर्कने वातावरण बनाउनुपर्ने उल्लेख गरेका छन् ।

‘पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदा हुँदै उहाँलाई पार्टी सदस्य हुनबाट वञ्चित गरिँदा पार्टीलाई वैचारिक रूपले थप सशक्त, सांगठनिक ढङ्गले अझ एकताबद्ध र सुदृढ बनाउने कुरामा असर पर्छ,’ पोखरेलले लेखेका छन्, ‘तसर्थ उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गरिनुपर्छ, गरिनेछ ।’

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी अध्यक्षको उम्मेदवारी समेत घोषणा गरेका छन् ।

यसअघि बसेको पार्टीको सचिवालय बैठकमा पनि उनले आफू अध्यक्ष बन्ने जानकारी गराएका थिए ।

मंगलबार भने उनले विज्ञप्तिमार्फत् उम्मेदवारी घोषणा गरेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More