― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsईश्वर पोखरेल – KhabarHost

ईश्वर पोखरेल – KhabarHost



२४ मंसिर, काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एघारौं महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना पनि रहेको बताएका छन् ।

बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

त्यसका लागि ओलीले महाधिवेशनको हलमै औपचारिक रुपले अबको नेतृत्व घोषणा गरेको खण्डमा सहमति हुनसक्ने पोखरेलले बताए ।

‘सहमति हुनसक्छ । तर अहिलेको सन्दर्भमा हामीले भनेका छौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीले अभिभावकीय भूमिका खेल्ने, संरक्षक भएर बस्ने,’ पोखरेलले थप भने, ‘उहाँले महाधिवेशनको हलमा औपचारिक ढंगले अबको लिडरसिप फलानो भनेर प्रस्ताव गर्नुभयो भने सहमति हुनसक्छ । अरु हिसाबले सहमति हुन्छ जस्तो लाग्दैन ।’

लगत्तै उनलाई ‘तपाईं बाहेक अरुलाई रोज्नु भयो भने मान्न तयार हो ?’ भनेर प्रश्न गरिएको थियो ।

सो क्रममा उनले ‘यदी उहाँले आफू हटेर भन्नुहुन्छ भने त्यसबेला मेरो कुनै अब्जेक्सन रहने छैन ।’

एघारौं महाधिवेशनमा पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । प्यालन घोषणा हुने वा नहुने भन्नेबारे उनले खुलाएनन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More