― Advertisement ―

Amazon bricking क्लासिक Kindles भनेको सोनोसको सबैभन्दा ठूलो गल्तीबाट केही सिकेको छैन भन्ने संकेत हो

केही वर्ष पहिले, मैले मेरो १२ वर्षको छोरो गुमाए Kindle पेपरव्हाइट। म छोटकरीमा भत्किएको थिएँ, र त्यसपछि एउटा नयाँ किनें किनभने मैले गर्नुपर्थ्यो। अब...
HomeLatest newsईश्वर पोखरेलले सुझाव माग्दै भने– संविधान संशोधनका लागि मेरो उम्मेदवारी

ईश्वर पोखरेलले सुझाव माग्दै भने– संविधान संशोधनका लागि मेरो उम्मेदवारी



२२ माघ, काठमाडौं । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ मा प्रत्यक्षतर्फको उम्मेदवार रहेका नेकपा एमालेका नेता ईश्वर पोखरेलले सुझावको माग गरेका छन् । आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको बताउँदै नेता पोखरेलले सुझावको आह्वान गरेका हुन् ।

बिहीबार बिहान फेसबुकमार्फत सुझाव माग्दै उनले नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।

‘यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु,’ पोखरेलले भनेका छन्, ‘तपाईँको सिर्जनात्मक र उपयोगी सुझावले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु ।’





Read More