― Advertisement ―

Amazon ले Pixel 11 सँग $ 100 उपहार कार्ड हालेको छ – सायद सबैभन्दा बोरिंग, तर उपयोगी, उद्घाटन सम्झौता

यदि तपाईंले आफूलाई सुरक्षित गर्नुभएको छैन भने Google Pixel 11 प्रिअर्डर, त्यसपछि मसँग फ्याँक्ने अर्को सम्भावित विकल्प छ। वास्तवमा, यो उत्तम विकल्प हुन सक्छ...
HomeLatest newsइस्वी संवतको नयाँ वर्ष २०२६ सुरु – KhabarHost

इस्वी संवतको नयाँ वर्ष २०२६ सुरु – KhabarHost



१७  पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् ।

विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।

ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौंका ठमेल, बौद्ध, न्यूरोड लगायत स्थानमा मंगलबार बेलुकी नै ‘न्यू इयर इभ’ को रुपमा विशेष चहलपहल देखिएको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More