― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeअन्तर्राष्ट्रियइसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो...

इसरोले आज साढे ४ हजार किलोको सञ्चार उपग्रह प्रक्षेपण गर्दै, नाम दिइयो ‘बाहुबली’


राष्ट्रिय

समाचार.

  • भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले १६ कात्तिकमा श्रीहरिटकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने तयारी गरेको छ।
  • सीएमएस–०३ उपग्रहको तौल ४४१० किलोग्राम छ र यो भारतबाट जीटीओमा प्रक्षेपण हुने सबैभन्दा भारी सञ्चार उपग्रह हो।
  • यो उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ र भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई ठूलो सहायता पुर्‍याउनेछ।

१६ कात्तिक, काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो) ले आज आइतबार सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्ने भएको छ ।

इसरोले आन्ध्रप्रदेशको श्रीहरिटकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट सञ्चार उपग्रह सीएमएस–०३ प्रक्षेपण गर्न लागेको हो ।

 यसलाई भारतबाट अहिलेसम्म प्रक्षेपण भएकामध्ये र जियोसिक्रोनस ट्रान्सफर अर्बिट (जीटीओ) मा स्थापित हुने सबभन्दा धेरै वजनदार सञ्चार उपग्रह समेत भनिएको छ । इसरोका अनुसार यसको तौल ४ हजार ४ सय १० किलोग्राम छ ।

यो उपग्रह भारतकै सबभन्दा शक्तिशाली रकेट लञ्च भिकल मार्क ३–एम५ (एलवीएम३–एम५) मार्फत् नेपाली समयअनुसार आज साँझ ५:४६ प्रक्षेपण गर्ने तयारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीएमएस–०३ उपग्रहले भारतीय भू–भागसहित विस्तृत समुद्री क्षेत्रमा सेवा दिनेछ । यो उपग्रहले भारतीय नौ सैनिकको सञ्चार प्रणालीलाई निकै ठूलो सहायता पुर्‍याउने अपेक्षा गरिएको छ । यसले उच्च गतिको ब्याण्डविथ समेत उपलब्ध गराउनेछ, जसले दुर्गम क्षेत्रमा समेत डिजिटल पहुँच स्थापित गर्नेछ । साथै यसले नागरिक संस्था, रणनीतिक योजनामा समेत सघाउ अपेक्षा छ ।

इसरोले शनिबार नै प्रक्षेपणको तयारी पूरा भएको जानकारी गराएको थियो । प्रक्षेपणका लागि २० अक्टोबरमै भूउपग्रहलाई लञ्चप्याडमा स्थापित गरिएको थियो । ४३ दशमलब ५ मिटर लामो यो रकेट आफ्नो शक्तिशाली क्रायोजेनिक चरणका साथ ४ हजार किलोग्रामको जीटीओ पेलोड र ८ हजार किलोग्रामको लो अर्थ अर्बिट पेलोडलाई अन्तरिक्षसम्म लैजान सक्षम छ ।

यही क्षमताका कारण यसलाई ‘बाहुबली’ नाम दिइएको छ । रकेट बुस्टर लिफ्ट अफ, लिक्विड प्रोपेलेन्ट कोर र क्रायोजेनिक (सी२५) सहित ती चरणको यो रकेटले इसरोलाई ४ हजार किलोग्रामसम्मको भारी सञ्चार उपग्रहलाई कम लागतमै जीटीओमा प्रक्षेपण गर्नमा पूर्ण आत्मनिर्भर बनाएको छ ।

रकेटको किनारमा रहेको दुई एस२०० ले टोस रकेट बुस्टर लिफ्ट अफका लागि आवश्यक थ्रस्ट प्रदान गर्दछ । एस२०० बुस्टरलाई विक्रम साराभाई अन्तरिक्ष केन्द्र तिरुवाअन्तपुरममा विकसित गरिएको हो ।

लिक्विड प्रोपल्शन सिस्टम्स सेन्टरमा डिजाइन र विकसित दुई ‘विकास’ इञ्जिनद्वारा एल११० लिक्विड चरण सञ्चालित हुन्छ ।

इसरोले एलवीएम३–एम५ को पाँचौ उडान हो । यसले चन्द्रमामा चन्द्रयान–३ जस्ता मिसनको सफलतापूर्वक प्रक्षेपण गरेको छ । जसकै कारण सन् २०२३ मा भारत चन्द्रमाको दक्षिणी ध्रुव नजिक सफलतापूर्वक उपग्रह प्रक्षेपण गर्ने पहिलो देश बनेको थियो ।





Read More