राष्ट्रिय
समाचार.
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् र घरदैलो तथा कार्यकर्ता भेटघाट गरेका छन्।
- बालेन शाहसँग इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर २ का गोकुलबहादुर राई पनि थिए।
- बालेन शाहले झापा, मोरङ र सुनसरीमा पार्टीका उम्मेदवारसँग भेटघाट गरी प्रचारप्रसारमा सक्रिय भूमिका खेलेका छन्।
८ माघ, विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन शाह चुनाव प्रचारका लागि इलाम पुगेका छन् । उनले इलाममा घरदैलो गरे, कार्यकर्ता र समर्थकसँग भेटघाट पनि गरेका छन् ।
इलामको घरदैलोमा उनीसँगै इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर-२ का उम्मेदवार गोकुलबहादुर राई पनि थिए ।
झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाहले बिहीबार बिहान इलाममा आफ्ना दलका उम्मेदवारलाई भोट पनि मागे ।
मंगलबार प्रतिनिधिसभा सदस्यका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका शाहले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक र पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए ।
उनले झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारसँग पनि भेटघाट गरे । रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेनलाई रास्वपाले झपा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनाएपनि अन्य क्षेत्रको प्रचारप्रसारमा उनलाई प्रयोग गर्ने रणनीति बनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


