― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsइमरान हास्मीको ‘तस्करी’ बन्यो नेटफ्ल्क्सिको गैरअंगेजी विधातर्फ विश्वभर धेरै हेरिने सिरिज

इमरान हास्मीको ‘तस्करी’ बन्यो नेटफ्ल्क्सिको गैरअंगेजी विधातर्फ विश्वभर धेरै हेरिने सिरिज


राष्ट्रिय

समाचार.

  • बलिउड अभिनेता इमरान हास्मीको सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ नेटफ्लिक्सको विश्वव्यापी नन-इंग्लिस शो सूचीमा पहिलो स्थानमा पुगेको छ।
  • सिरिजले साता ५४ लाख भ्युज प्राप्त गरी कोरियन रोमान्टिक कमेडी सिरिजलाई पछि पारेको छ र यो पहिलो भारतीय सिरिज बनेको छ।
  • इमरान हास्मीले भने, ‘हामीले ‘तस्करी’ लाई इमानदारिताका साथ बनाएका थियौं’ र यो सफलतालाई आफ्नो टिमको कडा परिश्रमको नतिजा बताए।

काठमाडौं । बलिउड अभिनेता इमरान हास्मीको नयाँ सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले नेटफ्लिक्समा एउटा यस्तो सफलता हात पारेको छ, जुन अहिलेसम्मका चर्चित भारतीय सिरिजले पनि पाउन सकेका थिएनन् ।

यो सिरिज नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ नन-इंग्लिस (गैर-अंग्रेजी) शो बन्न सफल भएको छ । यो उपलब्धि हासिल गर्ने यो पहिलो भारतीय सिरिज बनेको छ ।

यसअघि नेटफ्लिक्सका निकै सफल मानिएका भारतीय शो जस्तै ‘सेक्रेट गेम्स’ र सञ्जय लीला भन्सालीको ‘हीरामण्डी’ ले पनि यो उचाइ छुन सकेका थिएनन् । अहिले हाश्मीको यो सिरिजले ती सबैको रेकर्ड तोड्दै विश्वभर चर्चा कमाइरहेको छ ।

नेटफ्लिक्सको तथ्याङ्क राख्ने ‘टुडुम’ का अनुसार, नीरज पाण्डेद्वारा निर्देशित सिरिज ‘तस्करी : द स्मगलर्स वेब’ ले यो साता (जनवरी १२-१८) विश्वभरका गैर-अंग्रेजी भाषाका शोहरूको सूचीमा पहिलो स्थान ओगटेको छ ।

सिरिजले साता ५४ लाख (५.४ मिलियन) भ्युज प्राप्त गरेको छ । यसले दोस्रो स्थानमा रहेको कोरियन रोमान्टिक कमेडी ‘क्यान दिस लभ बी ट्रान्सलेटेड ?’ लाई सहजै उछिनेको छ । उक्त कोरियन सिरिजले ४० लाख भ्यूज पाएको छ ।

इमरान हाश्मी अभिनित यो सिरिजले कोरियन शोलाई मात्र नभई विश्वका अन्य निकै चर्चित सिरिजलाई समेत पछि पारेको छ । ‘तस्करी’ ले प्राप्त गरेको ५४ लाख भ्यूजको अगाडि अन्य चर्चित शोको अवस्था यस्तो छ :

जुजुत्सु काइसेन (सिजन ३) : २८ लाख भ्यूज

अल्फा मेल्स : २६ लाख भ्यूज

द क्वीन अफ फ्लो : २५ लाख भ्यूज

यो साता नेटफ्लिक्सको विश्वव्यापी ‘टप १०’ सूचीमा पर्न सफल ‘तस्करी’ एक मात्र भारतीय सिरिज हो । अन्य कुनै पनि भारतीय शो यो हप्ता उत्कृष्ट १० को सूचीमा अटाउन सकेका छैनन्, जसले गर्दा यो सफलतालाई अझ विशेष मानिएको छ ।

सिरिजले विश्वव्यापी सफलता पाएपछि अभिनेता हाश्मीले खुसी व्यक्त गरेका छन् । उनले यसलाई आफ्नो टिमको कडा परिश्रमको नतिजा भएको बताए ।

उनले भने, ‘हामीले ‘तस्करी’ लाई इमानदारिताका साथ बनाएका थियौं । विशेषगरी हाम्रा विमानस्थलमा दिन-रात खटिने अधिकारीप्रतिको सम्मानलाई हामीले यो सिरिजमार्फत देखाउन खोजेका थियौं, जसले हामीलाई काम गर्ने ऊर्जा दियो । नेटफ्लिक्सको विश्वव्यापी सूचीमा नम्बर १ हुने पहिलो भारतीय सिरिज बनेको देख्दा निकै सन्तोष मिलेको छ ।’

उनले थपे, ‘संसारलाई पर्दामा उतार्न एउटा समर्पित टोलीको आवश्यकता थियो र दर्शकले यसलाई जुन प्रकारको माया दिनुभएको छ, म त्यसप्रति आभारी छु । यस्ता क्षणहरूले के सम्झाउँछन् भने, यदि कथामा इमानदारिता छ भने त्यसले देशको सीमा नाघेर टाढासम्मको यात्रा तय गर्छ ।’





Read More