― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
HomeLatest newsआर्सनललाई ९ अंकको अग्रता, पाल्मरको ह्याट्रिकमा चेल्सीको जित

आर्सनललाई ९ अंकको अग्रता, पाल्मरको ह्याट्रिकमा चेल्सीको जित


राष्ट्रिय

समाचार.

  • आर्सनलले २५ माघमा सण्डरल्याण्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ।
  • चेल्सीले कोल पाल्मरको ह्याट्रिकको मद्दतमा वुल्भ्सलाई ३-१ ले पराजित गरेको छ।
  • म्यान्चेस्टर युनाइटेडले १० खेलाडीमा सीमित टोटनहमलाई २-० ले हराउँदै लगातार चौथो जित हात पारेको छ।

२५ माघ, काठमाडौं । भिक्टोर ग्योकेरेसले दोस्रो हाफमा गरेको दुई गोलको मद्दतमा प्रिमियर लिगको शीर्ष स्थानको आर्सनलले शनिबार सण्डरल्याण्डलाई ३-० ले पराजित गरेको छ ।

यो जितपछि आर्सनलले शीर्ष स्थानमा ९ अंकको फराकिलो अग्रता बनाएको छ । आर्सनलले २५ खेलबाट ५६ अंक जोडेर म्यानचेस्टर सिटीमाथि ९ अंकको अग्रता बनाएको हो । एक खेल कम खेलेको सिटी ४७ अंकसहित दोस्रो स्थानमा छ ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा मार्टिन जुबिमेन्डीले ४२औं मिनेटमा गोल गर्दै पहिलो हाफमा आर्सनललाई १-० को अग्रता दिलाएका थिए ।

ग्योकेरेसले ६६औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । ग्योकेरेसले नै दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनलको जित सहज बनाए ।

अर्को खेलमा कोल पाल्मरले ह्याट्रिक गरेपछि चेल्सीले वुल्भ्सलाई ३-१ ले पराजित गरेको छ । चेल्सी २५ खेलबाट ४३ अंक जोडेर पाँचौं स्थानमा छ ।

पाल्मरले पहिलो हाफमै ह्याट्रिक गर्ने क्रममा सुरुको दुई गोल पेनाल्टीबाट गरेका थिए । उनले १३औं र ३५औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए भने ३८औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए ।

प्रिमियर लिगकै अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले १० खेलाडीमा समेटिएको टोटनहमलाई २-० ले पराजित गर्दे लगातार चौथो जित हात पारेको छ । यो जितपछि युनाइटेड २५ खेलबाट ४४ अंक जोडेर चौथो स्थानमा छ ।

युनाइटेडका लागि ब्रायन एमबुएमोले ३८औं र ब्रुनो फर्नान्डेजले ८८औं मिनेटमा गोल गरे । त्यसअघि टोटनहमका क्रिस्टियन रोमेरोले २९औं मिनेटमा रातो कार्ड सामना गर्दै मैदान बाहिरिएका थिए । त्यसको फाइदा युनाइटेडले उठाएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More