― Advertisement ―

Hostinger ले साना व्यवसाय मालिकहरूलाई सात AI विशेषज्ञहरूमा तत्काल पहुँच दिन्छ, प्रत्येक महिना धेरै महँगो सल्लाहकारहरू भर्ती नगरी हजारौं बचत गर्दछ।

साना व्यवसायहरूमा होस्टिङ व्यवसायहरू प्रदान गर्दछ। कार्यहरूप्रत्येक एआई एजेन्टले एक अनुशासनमा विशेषज्ञता दिन्छ, केन्द्रित विशेषज्ञता प्रदान गर्दछएटलस अनबोर्डिङ एजेन्टले समस्याहरू पहिचान गर्दछ र मिनेटमा...
HomeLatest newsआयल निगम – KhabarHost

आयल निगम – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल आयल निगमले काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभावको जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
  • निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज रहेको स्पष्ट पारेको छ।
  • निगमले फेब्रुअरीका लागि नियमित कोटामा २ हजार टन ग्यास थप गर्ने निर्णय गरेको र कृत्रिम अभाव हुन नदिन उपभोक्तालाई आग्रह गरेको छ।

१९ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभाव भएको जनगुनासोप्रति आफ्नो  ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार प्रेस विज्ञप्ति जारी गर्दै निगमले बजारमा ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्णरूपमा सहज रहेको स्पष्ट पारेको हो ।

केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ग्यास अभावका समाचार तथा जनगुनासो आएपछि निगमले यस्तो स्पष्टीकरण दिएको हो ।

निगमले जाडोयामको उच्च माग धान्न पर्याप्त मात्रामा इन्धन आयात भइरहेको बताएको छ । निगमले देशभरिका उद्योगीका लागि मासिक ४९ हजार ५ सय टन ग्यासको कोटा निर्धारण गरेकोमा २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ टन, डिसेम्बर ४८ हजार ५ सय ३१ टन र २०२६ जनवरीमा ४७ हजार ३ सय ४ टन ग्यास आयात भई उपभोक्तामाझ बिक्री वितरण भएको जनाएको छ ।

यो परिमाण जाडो समयको माग सम्बोधन गर्न पर्याप्त रहेको निगमको दाबी छ ।

बजारमा केही सीमित ग्यास उद्योगका सिलिदन्डरमा मात्र सामान्य समस्या देखिएको स्वीकार्दै निगमले ती उद्योगलाई तत्काल आपूर्ति सहज बनाएर बजार सामान्यीकरण गर्न निर्देशन दिइसकेको उल्लेख गरेको छ ।

केही उद्योगको व्यवस्थापकीय कारणले देखिएको यो समस्या छिट्टै समाधान हुने र बजारमा सबै ब्रान्डका ग्यास सहजै उपलब्ध हुने निगमले विश्वास दिलाएको छ । आपूर्तिमा देखिएको सामान्य असन्तुलन सम्बोधन गर्न निगमले प्रभावकारी कदम चालिरहेको विज्ञप्तिमा उल्लेख छ ।

फेब्रुअरीका लागि निगमले थप तयारी समेत गरेको जनाएको छ । ‘आसन्न निर्वाचन र वर्तमान माग मध्यनजर गर्दै निगमले फेब्रुअरीका लागि नियमित कोटामा २ हजार टन ग्यास थप गर्ने निर्णय गरेको छ,’ विज्ञप्तिमा छ, ‘यसका लागि इन्डियन आयल कर्पोरेसनका विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट आयात गर्न ‘बोटलर्स वाइज एलोकेसन’ समेत पठाइसकिएको छ ।’

निगमले उपभोक्तालाई ग्यासको कृत्रिम अभाव हुन नदिन र अनावश्यक भण्डारण नगर्न विशेष आग्रह गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More