― Advertisement ―

MSI को Stealth A16 ले Ryzen AI 9 HX 370 प्रोसेसर 64GB को DDR5 सँग जोडेको छ र हाल $300 छुट छ

यदि तपाईं गति वा प्रदर्शन गुणस्तरमा सम्झौता नगरी रचनात्मक काम र भारी उत्पादन कार्यहरूको लागि पावरहाउस ल्यापटप खोज्दै हुनुहुन्छ भने, मैले जाँच गर्न लायकको...
Homeमनोरन्जनआफ्नै अभिनय हेरेर भक्कानिए नीर शाह – KhabarHost आफ्नै अभिनय हेरेर भक्कानिए...

आफ्नै अभिनय हेरेर भक्कानिए नीर शाह – KhabarHost आफ्नै अभिनय हेरेर भक्कानिए नीर शाह – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अभिनेता नीर शाहले आफ्नो अभिनित फिल्म ‘परान’ हेर्दा बुबा र छोराबीचको सम्बन्धको भावनाले आँसु बगाए।
  • निर्देशक दीपक आचार्य ‘काकु’ र कलाकार प्रियना आचार्यले पनि फिल्म हेरेर आफ्ना अभिभावकलाई सम्झँदै भावुकता व्यक्त गरे।
  • फिल्मले हरेक बुबा, आमा, छोरा छोरीलाई छुनेछ भनी नीर शाहले प्रतिक्रिया दिए।

काठमाडौँ । बिहीबार साँझको चिसो झरीको मौसममा अभिनेता नीर शाहले न्यानो प्रशंसा पाए । त्यो प्रशंसा उनी अभिनित फिल्म ‘परान’ र उनको अभिनयलाई लिएर थियो ।

सिभिल मलस्थित क्यूएफएक्सको हलमा शाहले आफू अभिनित फिल्म हेरिरहेका थिए । दायाँबायाँ महजोडी, पूजा चन्द लगायतका कलाकारलाई राखेर उनले फिल्म हेरे ।

फिल्म मध्यान्तरसम्म पुग्दा उनले आफूलाई सम्हाल्न सकेनन् । उनका आँखाबाट अश्रुधारा बग्न थाले । आफ्नै अभिनय हेरेर उनले आँसु बगाए । निकैबेर आँसु पुछे ।

बुबा र छोराबीचको सम्बन्धको भावनाको कथाको गहिराइमा उनी निकैबेर डुबे । प्राप्त भिडियोमा पनि उनले आँसु बगाएको देख्न सकिन्छ । यसरी अहिलेसम्म पाका कलाकार शाह फिल्म हेरेर रोएको देखिएको थिएन ।

फिल्म हेरिसकेपछि उनले बाहिर बसिरहेका मिडियालाई प्रतिक्रिया दिए । जहाँ उनले भने, ‘म त्यहाँ आफूलाई हैन, त्यो पात्रलाई हेरिरहेको थिएँ । धेरै ठाउँमा भावुक बनायो ।’

‘छायांकनमा अभिनय गरेपछि पूरा फिल्म आजै हेर्दैछु । आफूलाई रोक्नै सकिन । मलाई मात्र होइन यो फिल्मले हरेक बुबा, आमा, छोरा छोरीलाई छुनेछ’ शाहले भने ।

निर्देशक दीपक आचार्य ‘काकु’ पनि आफ्नी आमासँगै बसेर फिल्म हेरेका थिए । आमाछोरा नै डाँको छाडेर रोए । दिवंगत बुबाको स्मरणमा काकु धेरैबेर भावुक भएका थिए ।

कलाकार प्रियना आचार्य ‘मुन्नी’ पनि आफ्नो बुबा र आमालाई सम्झेरै धेरै बेर रोइन् । प्रिमियरमा माहोल भावुक बनेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More