― Advertisement ―

कोनन ओ’ब्रायन साइबर सुरक्षा युद्धमा प्रवेश गर्दछ किनकि एआई घोटालाहरू कर्मचारीहरूलाई चिन्न र बेवास्ता गर्न गाह्रो हुन्छ।

Conan O'scurity को नयाँ भिडियो प्रशिक्षण शृङ्खलाएडाप्टिभले कर्पोरेट कर्मचारीहरूका लागि कमेडी र सुरक्षा सचेतनालाई जोड्दछएआई-उत्पन्न घोटालाहरू कामदारहरूलाई पहिचान गर्न गाह्रो हुँदै गइरहेको छ id="elk-6e73c24b-1133-4598-9983-ac4130f7d51d">साइबरसुरक्षा...
HomeLatest newsआज विश्व माटो दिवस, अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि आजै

आज विश्व माटो दिवस, अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि आजै



१९ मंसिर, काठमाडौं । आज आज विश्व माटो दिवस मनाइँदै छ । आजै अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस पनि मनाइँदैछ । यी दुवै दिवस संयुक्त राष्ट्रसंघको आह्वान हरेक वर्ष मनाइन्छ ।

माटो दिवसको यस वर्षको नारा ‘स्वस्थ माटोका लागि स्वस्थ शहर’ तय गरिएको छ ।

स्वस्थ माटोको महत्वप्रति ध्यानाकर्षण गराउने र माटोको दिगो व्यवस्थापनका लागि जनचेतना बढाउने उद्देश्यसहित हरेक वर्ष डिसेम्बर ५ मा माटो दिवस मनाउने गरिएको छ । विश्वभर माटो संरक्षण, दिगो कृषि व्यवस्था तथा जलवायु परिवर्तनको प्रभाव कम गर्न आवश्यक उपायहरूबारे बहस र अभियान यो दिवसमा सञ्चालन हुने गरेका छन् ।

कृषि उत्पादन, वातावरणीय सन्तुलन र समग्र मानव अस्तित्वमा माटोको भूमिका महत्वपूर्ण भएकाले माटो संरक्षण र दिगोपनलाई प्राथमिकतामा राख्न यो दिवसले विश्व समुदायलाई स्मरण गराउने उक्त विश्व संस्थाले जनाएको छ ।

सन् २०१३ जुनमा राष्ट्रसंघले विश्व माटो दिवस मनाउने घोषणा गरेको हो । कृषक, सरकार, वैज्ञानिक समुदाय र आम नागरिकलाई माटोको संरक्षणतर्फ सचेत र सक्रिय बनाउने यो दिवसको लक्ष्य हो ।

यसैगरी स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तर्राष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।

यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको राष्ट्रसंघले जनाएको छ ।

यसै अवसरमा एक सन्देश जारी गर्दै महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसेवकप्रति कृतज्ञता ज्ञापन गरेका छन् । सन्देशमा उनले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारणमा काम गर्नेलगायत चुनौती सामना गर्दै आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता वर्तमान विश्वका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गरेका छन् ।

राष्ट्रसंघका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न राष्ट्रसंघका स्वयंसेवकहरू क्रियाशील छन् ।





Read More