― Advertisement ―

NYT Strands बुधवार, अप्रिल 15 को लागि संकेत र जवाफ (खेल #773)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzleran मा तपाइँको दिनको मिड जोन – एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsआज रातिसम्म टुंगिनेछ रवि–बालेन छलफल, सहकर्मीहरुले तयार पार्दैछन् सहमतिको खाका

आज रातिसम्म टुंगिनेछ रवि–बालेन छलफल, सहकर्मीहरुले तयार पार्दैछन् सहमतिको खाका


राष्ट्रिय

समाचार.

  • रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच पार्टी एकता वा सहकार्यको घोषणा आज रातिसम्म हुने छ।
  • दुवै नेताबीच पार्टी नाम, चुनाव चिह्न र उम्मेदवार अनुपातबारे छलफल भइरहेको छ र ७०–३० को समानुपातिक उम्मेदवार सूची तयार गर्ने प्रस्ताव छ।
  • निकट स्रोतका अनुसार बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने प्रतिबद्धता रविले कायम राखेका छन् र सहमतिको खाका तयार पार्ने गृहकार्य भइरहेको छ।

११ पुुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं मेयर बालेन शाहबीच जारी छलफललाई पूर्णता दिन सहकर्मीहरु सक्रिय भएका छन् ।

रवि र बालेनबीच दुई चरण वार्ता गराएका असीम शाह, आसिफ शाह र कुमार बेनले विस्तृत सहमतिको खाका तयार पार्नेगरी अर्को छलफलको गृहकार्य थालेका हुन् ।

निकट स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आज शुक्रबार रातिसम्म संवादले अन्तिम टुंगो पाउने छ । तत्कालै पार्टी एकता वा सहकार्यको घोषणा हुने उनीहरुले बताएका छन् ।

निकटस्थहरुले बताएअनुसार, अब एकीकृत पार्टीमा बालेनको बरियता रविको भन्दा ठीक मुन्तिर हुनेछ । अनि बालेनलाई पहिलो चरणमै प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि कायम भएका छन् ।

निकटस्थहरुले यसै बुँदामा आधारभूत सहमति हुने ठोकुवा गरेका छन् ।

रविसँग यसअघिका छलफल टुंगोमा पुग्ने संकेत नपाएपछि बालेनले आफ्ना साथी कुमार बेनको ज्वागल निवासमा आफूनिकट देश विकास पार्टीका लागि समर्थन माग्दै भेटघाट तीव्र पारेका थिए ।

७ पुसको राति कमलपोखरीमा चलेको छलफलमा उठेका विषयलाई रविले बाहिर भिन्नै तरिकाले प्रस्तुत गरिदिएको भन्दै बालेन बिच्केका थिए । उनले अब देशविकास पार्टीको ब्यानरमा आफू अघि बढ्ने भन्दै सल्लाह, परामर्श लिन थालेपछि रवि झस्केका थिए ।

रवि र बालेनबीच बिहीबार अपराह्नसम्म चलेको भेटमा सम्भावित एकता प्रक्रियाबारे कुरा भएको थियो । पार्टीको नाम, चुनाव चिह्न, उम्मेदवार अनुपात आदिबारे छलफल चलेको थियो ।

रविले रास्वपामा यसअघि नै पर्याप्त आकांक्षी रहेकाले ७०–३० को अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार पार्नुपर्ने प्रस्ताव गरेका थिए । त्यसमा छलफल गरेर संख्या तलमाथि गर्न सकिने उनको प्रस्ताव थियो ।

बालेनले भने समानुपातिक संख्यामा पर्याप्त चासो नदिएको बुझिएको छ । यसका लागि कुमार बेन, असीम शाह लगायतले काम गर्ने, त्यसै संख्यालाई बालेनले सहमति जनाउने बुझिएको छ ।

हिजो ज्वागलमा बालेनसँग भेटपछि बाहिरिएका लामिछानेलाई सन्चारकर्मीले लौरी कि घण्टी भनी सोध्दा उनले ‘समयले बताउने’ जवाफ दिएका थिए । यद्यपि रास्वपाको चुनाव चिह्न घण्टी यसअघि आम रुपमा स्थापित भइसकेकाले त्यस अन्तर्गत अघि बढ्न बालेनलाई समस्या नभएको स्पष्ट जवाफ प्राप्त गरेका थिए ।

रवि र बालेनबीचको सम्वाद तिक्ततातर्फ उन्मुख हुन खोजेको देखेपछि सहकर्मीहरुले दुवै नेतालाई अविलम्ब मिल्न दबाब दिएका थिए ।

दुई नेताबीच बिहीबार साँझ फेरि वार्ता हुने भनिए पनि बस्न सकेको थिएन । बालेनले कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए । रवि र कुलमानबीच दोहोरो संवाद स्थापित नभइरहेका बेला कुलमानलगायत विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँ ल्याउने जिम्मेवारी बालेनले लिएका छन् ।

बालेनसँग निकट मित्रतामा पहिल्यैदेखि रहेका रास्वपा नेता असीम शाहले छलफल सकारात्मक निष्कर्षतर्फ पुग्न लागेको जानकारी दिए । ‘के कुरामा सहमति हुन लागेको छ, अहिल्यै भन्न मिल्दैन । धेरै कुराहरु अहिले पनि छलफलमै छन्, हामी त्यसलाई मिलनविन्दुमा पुर्‍याउँछौं,’ शाहले अनलाइनखबरसँग भने, ‘तर नयाँ शक्तिहरुबीचको एकता जेनजीहरुको पनि भावना हो । यस भावनाको कदर गर्दै हामी अघि बढ्छौं । छिटै सकारात्मक सन्देश सुन्न पाउनुहुनेछ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More