― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsआजपाका प्रभु साहले वारेसमार्फत गराए उम्मेदवारी दर्ता

आजपाका प्रभु साहले वारेसमार्फत गराए उम्मेदवारी दर्ता


राष्ट्रिय

समाचार.

  • रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छन्।
  • नेकपा एमालेका कुन्दन कुशवाहाले पनि वारेसमार्फत मनोनयन दर्ता गराएका छन्।
  • निर्वाचन क्षेत्र नम्बर ३ मा हालसम्म ६ जनाले मनोनयन पत्र दर्ता गराइसकेको निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाले जानकारी दिए।

६ माघ, रौतहट। प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छ्न् ।

यसैगरी नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहाले पनि वारेस मार्फतनै मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृतको कार्यालयले दिएका सूचना अनुसार अहिले सम्म ६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।

जनमतका शेख प्रवेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेल, स्वतन्त्र राजेश साह र मङ्गोल नेशनल पार्टीबाट उत्तरबहादुर रानाले मनोनयन पत्र दर्ता गराईसकेको क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाले जानकारी दिए ।





Read More