― Advertisement ―

Nvidia ईन्जिनियरहरूले कथित रूपमा AI मद्दतको साथ तीन गुणा बढी कोड मन्थन गर्छन्, तर उद्योग पर्यवेक्षकहरूले चेतावनी दिन्छ कि लाइनहरू बराबर मान्दैनन्।

कर्सरले Nvidia ईन्जिनियरहरू भन्दा तीन गुणा बढी कोड रिपोर्ट गर्छ अघिNvidia ले आउटपुटमा रिपोर्ट गरिएको बृद्धिको बावजुद दोष दरहरू समान रह्यो भन्ने कुरा राख्छAI-सहयोगी...
Homeराष्ट्रिय समाचारआगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ

आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ



१४ कात्तिक, काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा काभ्रेबाट ७ जना पक्राउ परेका छन् ।

२४ भदौमा काभ्रेको विभिन्न सरकारी तथा निजी भवन र सम्पतिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न ७ जना पक्राउ गरिएको काभ्रेका प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

पक्राउ पर्नेमा पनौती नगरपालिका-३ का अनिष सापकोटा, वडा नम्बर ८ का सुमन केसी, वडा नम्बर १० का साकार केसी, वडा नम्बर २ का स्यान्जी भन्ने सुवास तामाङ, बेथानचोक गाउँपालिका–६ का समीर तामाङ, वडा नम्बर ३ का चिउरे भनिने होमप्रसाद तिमल्सिना र महाभारत गाउँपालिका–४ का ङेमासाङ मुक्तान रहेका छन् ।

पनौती–३ का सापकोटा विरुद्ध यसअघि समेत मुद्ध्दा दर्ता भएको थियो । २०७२ सालमा अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेथानचोकका तिमल्सिनाविरुद्ध पनि २०८१ सालमा अभद्र व्यवहार गरेको भन्दै मुद्दा दर्ता भएको छ । पनौती–२ का सुवास तामाङ विरुद्ध तीनपटक चोरी मुद्दा दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूमाथी जिल्ला अदालत काभ्रेबाट आपराधिक उपद्रव मुद्दामा ७ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More