― Advertisement ―

Intel र SambaNova ले भर्खरै तीन-चिप AI मेसिन बनाएको छ जसले GPUs, RDUs, र Xeon बीचको कामलाई विभाजित गर्दछ।

प्रो-भ्याल्म्प ह्यान्डले प्रो-भ्याल्प ह्यान्डले कन्भर्ट गर्दै क्यासहरूSambaNova RDUs ले उच्च थ्रुपुट र कम विलम्बतामा टोकनहरू उत्पन्न गर्दछIntel Xeon 6 प्रोसेसरहरूले कार्यभार वितरण व्यवस्थापन र...
HomeLatest newsआईसीसीले घोषणा गर्‍यो टी–२० विश्वकपको ट्रफी टूर, नेपालमा पनि ल्याइने

आईसीसीले घोषणा गर्‍यो टी–२० विश्वकपको ट्रफी टूर, नेपालमा पनि ल्याइने


राष्ट्रिय

समाचार.

  • आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टूर एसियाका विभिन्न देशहरूमा आयोजना गरिनेछ र नेपालमा पनि ट्रफी ल्याइने छ।
  • ट्रफी टूर भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट सुरु गरिएको छ।
  • विश्वकप फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा सुरु हुँदैछ।

१ पुस, काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टूर घोषणा भएको छ । टूरअन्तर्गत एसियाका विभिन्न देशहरूमा ट्रफी पुर्‍याइनेछ । नेपालमा पनि उक्त ट्रफी ल्याइने छ ।

नेपालमा यसअघि सन् २०१८ मा ओडिआई विश्वकपको ट्रफी पनि ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा ट्रफी प्रदर्शनका लागि राखिएको थियो । टी-२० विश्वकपको ट्रफी भने पहिलोपटक नेपाल ल्याउन लागिएको हो ।

डीपी वर्ल्डको सहकार्यमा भारत र श्रीलंकालाई जोड्ने ऐतिहासिक एडम्स ब्रिज (राम सेतु) माथिबाट औपचारिक रूपमा ट्रफी टूर सुरु गरिएको छ। भारतको दक्षिणी समुद्री किनार नजिक रहेको राम सेतु माथि दुई सिटे प्यारामोटरमार्फत ट्रफी उडाइँदा कार्यक्रम निकै आकर्षक बनेको थियो। यसले भारत र श्रीलंकाबीचको सांस्कृतिक र भौगोलिक सम्बन्धलाई पनि प्रतीकात्मक रूपमा देखाएको छ।

आईसीसी अध्यक्ष जय शाहले भने, ‘राम सेतु जस्तो ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको स्थानबाट ट्रफी टूर सुरु हुनु निकै प्रेरणादायी छ। यो ट्रफी टूर केवल ट्रफी घुमाउने यात्रा मात्र होइन, विश्वभरका क्रिकेट प्रेमीलाई एकतामा बाँध्ने अभियान हो।’

पुरुष टी–२० विश्वकप २०२६ फेब्रुअरी ७ बाट भारत र श्रीलंकामा सुरु हुँदैछ। प्रतियोगितामा २० टोली सहभागी हुनेछन् भने भारत र श्रीलंकाका आठ मैदानमा २९ दिनसम्म खेल हुनेछ।

ट्रफी टूर एशियाका विभिन्न देश हुँदै अघि बढ्नेछ, जसमा भारत, श्रीलंका, कतार, ओमान, नेपाल, बहराइन र मंगोलिया पनि समावेश छन्। यस क्रममा समर्थकले ट्रफी नजिकबाट हेर्न र विभिन्न कार्यक्रमहरूमा सहभागी हुन पाउनेछन्।

टूर अन्तर्गत कलेज–विद्यालय भ्रमण, समर्थक भेटघाट, सार्वजनिक कार्यक्रम र क्रिकेट कार्निभल आयोजना गरिनेछ। साथै, विश्वकप खेल्ने खेलाडी अध्ययन गरेका विद्यालय तथा कलेजमा पनि ट्रफी लैजाने योजना रहेको छ।





Read More