― Advertisement ―

एक आधारभूत सुरक्षा त्रुटिले सुरक्षा अनुसन्धानकर्तालाई आन्तरिक फिफा प्रणालीहरू पहुँच गर्न दिन्छ – र विश्व कप टिभी स्ट्रिमहरू नियन्त्रण गर्ने क्षमता।

"एउटा आक्रमणकारीले पूरै फिफा वर्ल्ड कपलाई रिकरोल गर्न सक्थे" - तर सौभाग्यवश यो मुद्दा छिट्टै समाधान भयो। थप पढ्नुहोस्
HomeLatest news‘आइएम जितबहादुर’ मा जोडिए प्रियंका र वर्षा – KhabarHost

‘आइएम जितबहादुर’ मा जोडिए प्रियंका र वर्षा – KhabarHost


राष्ट्रिय

समाचार.

  • कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘आइएम जितबहादुर’ मा प्रियंका कार्की र वर्षा राउत अनुबन्धित भएका छन्।
  • फिल्म ‘आइएम जितबहादुर’ हिन्दी र बंगाली निर्देशक शुभेन्दु घोषले निर्देशन गर्दैछन् र माघ पहिलो सातादेखि छायांकन सुरु हुनेछ।
  • फिल्मको कथावस्तु एक नेपाली कलाकारको संघर्ष र सफलतामा आधारित छ र डेढ करोड रुपैयाँ लगानीमा बन्नेछ।

काठमाडौं । कलाकार जितु नेपाल ‘मुन्द्रे’ ले निर्माण र अभिनय गर्न लागेको फिल्म ‘आइएम जितबहादुर’ को शीर्ष भूमिकामा दुई अभिनेत्री अनुबन्धित भएका छन् ।

अभिनेत्रीद्वय प्रियंका कार्की र वर्षा राउतले फिल्म साइन गरेको जानकारी कलाकार नेपालले सामाजिक सञ्जालबाट दिएका छन् ।

जितु लेख्छन्, ‘आइएम जितबहादुरमा आबद्ध हुनु भएकोमा वर्षा राउतज्यू र प्रियंका कार्की ज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । व्यस्त समयका बाबजुद पनि मेरो अनुरोधलाई सहर्ष स्वीकार गरी सहयोग गर्नु भएकोमा मनदेखि नै आभारी छु । छक्कापञ्जा पछि फेरि सँगै काम गर्ने अवसर प्राप्त भएकोमा म अत्यन्त उत्साहित र हर्षित छु ।’

ती दुई अभिनेत्रीसँग जितुले ‘छक्कापञ्जा’ का विभिन्न श्रृंखलामा काम गरेका थिए ।

यो फिल्मलाई हिन्दी र बंगाली भाषाका निर्देशक शुभेन्दु घोषले निर्देशन गर्दैछन् । यो फिल्मको शीर्ष भूमिकामा जितु स्वयम हुनेछन् । एक नेपाली कलाकारको संघर्ष र सफलताको कथावस्तुमा बन्ने फिल्मको केही हिस्सा जितुको वास्तविक जीवनकथामा समेत आधारित हुनेछ ।

माघ पहिलो सातादेखि छायांकन सुरु हुने फिल्म काठमाडौं र मकवानपुरको चित्लाङ क्षेत्रमा खिचिनेछ । डेढकरोड रुपैयाँ लगानीमा बन्ने फिल्मको प्रदर्शन चाहिँ प्रोजेक्ट तयार भएपछि मात्र तय गरिने छ ।

जितु यसअघि ‘छक्कापञ्जा’ समूहका फिल्ममा कार्यकारी निर्माताको रुपमा संलग्न थिए । तर, यसपटक भने उनी एकल लगानीमा फिल्म बनाउन कस्सिएका हुन् ।





Read More