― Advertisement ―

धातुहरू ह्यान्डल गर्ने तरिकामा अप्रत्याशित परिवर्तन मार्फत संसारको सबैभन्दा कठिन सामग्रीहरू छाप्ने काम सम्भव भयो।

टंगस्टन कार्बाइड प्रिन्टिङ वा बिना रुम गर्न सकिन्छ। बललेजर र तातो तारले धातुलाई तहहरू बन्ड गर्न पर्याप्त मात्रामा नरम बनाउँछपूर्ण पग्लनबाट जोगिनाले पहिले नै...
HomeLatest newsअहिले चुनाव केन्द्रित होऔं, वैशाखमा नियमित महाधिवेशन – KhabarHost

अहिले चुनाव केन्द्रित होऔं, वैशाखमा नियमित महाधिवेशन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसका पाँच प्रदेश सभापतिहरूले नियमित महाधिवेशनको तयारी र २१ फागुनको निर्वाचनमा उम्मेदवार जिताउन एकताबद्ध हुन आग्रह गरेका छन्।
  • कार्यसम्पादन समितिको निर्णयअनुसार आगामी वैशाख २८–३१ मा नियमित महाधिवेशन हुने भएकाले विशेष महाधिवेशनको आवश्यकता नरहेको उनीहरूले बताएका छन्।
  • कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश सभापतिहरूले विज्ञप्ति जारी गरेका छन् भने गण्डकी र लुम्बिनीका सभापतिहरूले हस्ताक्षर गरेका छैनन्।

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सातमध्ये पाँच प्रदेश सभापतिहरूले एकतावद्ध भएर नियमित महाधिवेशनको तयारीसँगै २१ फागुनको निर्वाचनमा पार्टीका उम्मेदवार जिताउने कार्यमा जुट्न आग्रह गरेका छन् ।

उनीहरूले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपाबाट संयुक्त वक्तव्य जारी गर्दै देशभरका कांग्रेस नेता-कार्यकर्ताहरूलाई एकतावद्ध भएर नियमित महाधिवेशनको तयारी र निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न आग्रह गरेका हुन् ।

क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न भएर केन्द्रीय कार्यसमितिमार्फत् केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउने काम हुन नसकेका कारण निर्धारित कार्यतालिकाअनुसार २६-२८ पुसमा महाधिवेशन हुन नसक्ने अवस्था सिर्जना भएको उनीहरूको भनाइ छ ।

कार्यसम्पादन समितिको १८ पुसको निर्णयअनुसार आगामी वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकाले त्यसअघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको प्रदेश सभापतिहरूको तर्क छ ।

नियमित महाधिवेशनको पक्षमा विज्ञप्ति जारी गर्नेमा कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम सभापति वीरबहादुर बलायर रहेका छन् । गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने उनीहरूको विज्ञप्तिमा हस्ताक्षर गरेका छैनन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More