― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest newsअशोक स्टिलसहितले तिर्न थाले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विद्युत् महसुल बक्यौता

अशोक स्टिलसहितले तिर्न थाले ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ विद्युत् महसुल बक्यौता


News Summary

Generated by OK AI. Editorially reviewed.

  • बारा सिमराको अशोक स्टिलले विद्युत् बक्यौताको पहिलो किस्ता ६३ लाख रुपैयाँ तिरेको छ।
  • अशोक स्टिलको विद्युत् बक्यौता रकम १७ करोड ५८ लाख रुपैयाँ छ र २८ किस्तामा तिर्ने सुविधा छ।
  • हुलास स्टिल इन्डस्ट्रिजले १४ करोड १२ लाखको प्रिमियम महसुल बक्यौता २८ किस्तामा तिर्न सुरु गरेको छ।

३१ असोज, काठमाडौं । ‘डेडिकेटेड’ तथा ‘ट्रंक लाइन’ बाट विद्युत् उपभोग गरेको बारा सिमराको अशोक स्टिलले बक्यौताको पहिलो किस्ता तिरेको छ ।

अशोक स्टिलको यस्तो बक्यौता महसुल १७ करोड ५८ लाख रुपैयाँ बराबर छ । उद्योगले २८ किस्ताको सुविधा लिई ६३ लाख रुपैयाँ बुझाएको हो ।

त्यसैगरी सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले प्रिमियम महसुल बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।

उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापत प्रिमियम महसुलको कुल १४ करोड १२ लाख बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजारको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ ।

उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाले जानकारी दिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More