― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsअवैधरुपमा बालगृह र होटल सञ्चालन गरिरहेका अमेरिकी र चिनियाँ नागरिक पक्राउ

अवैधरुपमा बालगृह र होटल सञ्चालन गरिरहेका अमेरिकी र चिनियाँ नागरिक पक्राउ



११ माघ, काठमाडौं । भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई जना विदेशी नागरिकलाई अध्यागमनले नियन्त्रणमा लिएको छ। तीमध्ये एक जना अमेरिका र एक जना चिनियाँ नागरिक छन्।

पक्राउ परेका चिनियाँ नागरिक काठमाडौंको पकनाजोल, ठमेलमा फेमेली पिस होटलमा मासिक २० हजार रुपैयाँ भाडा तिरेर बस्दै आएको पाइएको छ । सन् २०१२ मा पहिलोपटक पर्यटक भिसामा नेपाल प्रवेश गरेको र त्यसपछि पटक-पटक गरी १३ पटक व्यावसायिक भिसा लिएको पनि अनुसन्धानमा खुलेको छ ।

उनले नेपालमा विभिन्न ६ वटा होटेल/व्यावसायिक कम्पनीहरु स्थापना गरेको पाइएको छ । व्यवसायिक भिसा लिने प्रयोजनको लागि मात्र कम्पनी स्थापना गर्ने गरेको तर लगानी र कारोबार भएको पनि देखिएको छैन ।

उनले यान सपिङ होटल एण्ड रेस्टुरेन्ट प्रालि, होल विथ रेस्टुरेन्ट यान, झोँङविन इन्टरनेशनल कार्गो कम्पनी, मोय यीङ होटल विथ रेस्टुरेन्ट, स्प्रिट मंकी इन्फर्मेसन टेक्नोलोजी र शाव जिअसुन होटल विथ रेस्टुरेन्ट दर्ता गरेको पाइएको छ ।

उनले पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बसी विगत ४ वर्षदेखि विभिन्न विद्यालयहरुमा अध्यापन लगायतका कार्यहरु गर्दै आएको पनि अध्यागमनको अनुसन्धानमा खुलेको छ । पर्यटक भिसा र व्यावसायिक भिसामा नेपालमा बस्दा विदेशी नागरिकले काम गर्न नपाउने व्यवस्था छ ।

त्यस्तै अमेरिकी नागरिक पनि सन् २०१७ मा पहिलोपटक नेपाल प्रवेश गरेको, बीचमा फर्किएको र सन् २०२० पुनः नेपाल प्रवेश गरी हालसम्म नेपालमै रहेको पाइएको छ ।

उनले सिन्धुपाल्चोकको साँगाचोकगढीमा क्यालभरी सर्भिस सेन्टर प्रालि स्थापना गरेको त र ठेनामा भने ललितपुरको सैंबु उल्लेख गरेको पाइएको छ ।

त्यस्तै उनले ललितपुरको गोदावरी नगरपालिकामा घर भाडामा लिई गैर कानुनी रुपमा बालगृह सञ्चालन गरेको पनि पाइएको छ । बालगृहसम्बन्धी आधिकारीक बोर्ड नभएको, उक्त भवनमा आर्थिक अवस्था कमजोर भएका १२ जना वालिकाहरुलाई आश्रय दिएर राखेको र क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको प्रारम्भित्र अनुसन्धानमा खुलेको छ । उनले उक्त बालगृहको भवनको भित्ताहरुमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट गरिएको पनि अध्यागमनका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए ।

नेपालमा बस्ने प्रयोजनका लागि मात्र पटक पटक अध्ययन र व्यावसायिक भिसा लिएर बसेको पनि पाइएको छ ।





Read More