― Advertisement ―

तपाईंसँग थप 10 दिनहरू मात्र छन् सर्फशार्कको उत्कृष्ट योजना छुटको मूल्यमा प्राप्त गर्न थप ३ महिना थपिएको छ — दावी गर्ने तरिका यहाँ छ

Surfshark को एक योजना अझै पनि छुट छ, तर यदि तपाईं आफैलाई सदस्यता लिन जाँदै हुनुहुन्छ भने तपाईंको समय सकिएको छ।यो Always सिफारिस गर्नुभयो।...
HomeLatest newsअर्कै पुलको डीपीआर नक्कल, मापदण्ड नपुग्ने पिलर – KhabarHost

अर्कै पुलको डीपीआर नक्कल, मापदण्ड नपुग्ने पिलर – KhabarHost



३० कात्तिक, जनकपुरधाम । सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल सञ्चालन नहुँदा सिरहा नगरपालिका-७ का व्यवसायी राधे यादवले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

कहिले बाँसको पुलबाट त कहिले डुंगाबाट मोटरसाइकल तारेर, अनि कहिले भत्किएकै पुलबाट जोखिमपूर्ण यात्रा गर्नु सिरहा बजार र जनकपुरधामा व्यापार-व्यवसाय गरिरहेका राधेको नियति नै बनेको छ ।

‘सिरहा र जनकपुर ओहोरदोहोर गर्नु मेरो दिनचर्या हो । १५ वर्षदेखि पुलको नाममा काम भइरहेको छ, तर हाम्रो दुःख टरेको छैन,’ उनी पीडा पोख्छन्, ‘यहाँका नेता र इन्जिनियर बेकामे भए ।’

राधेकै जस्तो नियति भोगिरहेका छन् सिरहा नगरपालिका-७ अरेरवाका ७२ वर्षीय दुःखी यादव । सिरहामा घर रहेका दु:खीको खेत धनुषा सतकमला किनारमा छ । त्यही खेतको उब्जाउले उनको परिवार चल्छ । पुल सिलान्यासको दिन सहभागी भएका उनले केही वर्षमै पुल बनेर दुःखको दिन अन्त्य हुने आशा गरेका थिए । तर अब पुलबाट यात्रा गर्ने उनको आशा मरिसकेको छ ।

‘सिलान्यासको दिन धेरै खुसी थिएँ । लाग्थ्यो, अब केही वर्षमै पुल बन्छ र हाम्रो दुःखको दिन सकिन्छ । तर अन्तिम समयमा पुल भत्कियो । अब त यो पुल सञ्चालन हुने र नयाँ पुल देख्ने मेरो भाग्यमा छैन,’ उनी भन्छन् ।

एक दशक लगाएर बनेको कमला नदीको पुल निर्माणको अन्तिम चरणमा १७ असार २०७८ को बाढीले भासिन पुग्यो । मधेशको लाइफलाइन मानिने हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा पुल नबन्दा राधे र दुःखी जस्तै दैनिक हजारौं नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् ।

यहाँ पुल नहुँदा पूर्वपश्चिम राजमार्गबाट तेब्बर दुरी यात्रा गरी जनकपुरबाट सिरहा र सिरहाबाट जनकपुर आउनुपर्ने अवस्था छ ।

सरकारले अर्को नयाँ पुल बनाउन पनि कुनै चासो देखाएको छैन । अख्तियारले नै मुद्दा अभियोजन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन पनि सकेको छैन ।

भासिएको पुल चार वर्षदेखि मर्मत गर्ने काम भइरहे पनि कहिले पूरा हुने टुंगो छैन । यो भत्केको पुल देशका उच्च ओहदाका नेताहरूका लागि अवलोकन गर्ने, तस्वीर खिचाउने र सस्तो लोकप्रियता बटुल्ने तमासास्थल बनेको छ ।

३१ जेठ २०६८ सालमा सम्झौता भएको यो पुल डिजाइन एन्ड बोल्ड मोडालिटीमा पप्पु-लुम्बिनी जे.भी.ले बनाइरहेको छ । ४६९.२ मिटर लम्बाइ र १२ स्पान भएको पुल निर्माण ३० मंसिर २०७१ भित्रै सकिनुपर्ने थियो ।

२४ करोड ९० लाख ९७ हजार २०० रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको पुलमा हालसम्म २० करोड ४२ लाख ५२ हजार ४७ रुपैयाँ भुक्तानी भइसकेको हुलाक सडक निर्देशनालयले जनाएको छ ।

बढीले पुलको पूर्वतिरबाट पहिलो र दोस्रो पिलर भासिएको थियो । यस्तै पहिलो, दोस्रो, दशौं र एघारौं स्ल्याब क्षति भएको छ । पुल निर्माणको समयसीमा पछिल्लो समय थप गरी ३० असार २०८३ सम्म पुर्याइएको छ ।

हुलाकी सडक निर्देशनालयका निर्देशक कष्णकुमार महतोका अनुसार कम्पनीले टुटेको र भासिएको ठाउँमा पुनर्निर्माण गरिहेको छ । सञ्चालनमा आइसकेको पाँच वर्षसम्म कुनै क्षति भएको खण्डमा बनाउनुपर्ने दायित्व कम्पनीलाई नै रहेको सम्झौतमा उल्लेख छ ।

बीमा संस्थासँगको विवाद देखाएर क्षतिपूर्ति वापतको रकम प्राप्त नभएसम्म निर्माण कार्यलाई गति दिन नसक्ने निर्माण कम्पनीले बताइरहेको छ । त्यसकारण समयमा पुनर्निर्माण गर्नु चुनौती रहेको निर्देशनालयले जनाएको छ । स्थानीयले यो पुल काम नलाग्ने अवस्थामा रहेकाले अर्को नयाँ पुल निर्माण गर्नुपर्ने माग गरिरहेका छन् ।

गम्भीर त्रुटिको कारण भासियो कमला पुल

निर्माणमै गम्भीर लापरबाही भएका कारण कमला पुल भासिएको देखिएको छ । पुल भासिनुमा डिजाइन र कन्ट्रक्सन फल्ट प्रमुख कारण रहेको देखिन्छ ।

हुलाकी राजमार्गमै पर्ने सिरहा र सप्तरी जोड्ने बलान खोला पुलको डीपीआर नक्कल गरी कमला पुल निर्माणमा प्रयोग गरिएको अख्तियार दुरुपयोग अनुसन्धानले पत्ता लगाएको छ ।

कमला पुल निर्माणको माटो परीक्षणअनुसार ३० मिटर पाइलिङ गर्नुपर्ने थियो । तर बलान पुलकै डिजाइनमा १४.५ मिटर मात्रै पाइलिङ स्वीकृत भयो । तर त्यसमा पनि कम गरेर ठेकेदारले ८ मिटर गहिरो मात्र पिलरहरू गाडेको अनुसन्धान र परीक्षणबाट देखिएको अख्तियारको निष्कर्ष छ ।

अर्कै पुलको लागि गरेको डीपीआर नक्कल गरी बनाएकोले कामै नलाग्ने गरी पुल भासिएको उजुरी तीन वर्षअघि अख्तियारमा परेको थियो ।

भू-प्राविधिक प्रतिवेदनले पुल क्षेत्रमा १० मिटर कटान गहिराइ रहने देखाएकाले पाइल फाउन्डेसन कम्तीमा २० मिटर हुनुपर्छ भनेर स्पष्ट सिफारिस गरिसकेको थियो ।

अख्तियारले पप्पु-लुम्बिनी जेभीले पुनर्स्थापनाका लागि पेस गरेको संशोधित डिजाइन, नक्सा र प्रतिवेदनको समेत अध्ययन गरेको थियो । उक्त अध्ययनमा सुरुमा पेस गरिएको भू-स्तर विवरण र पछि पेस गरिएको विवरण मेल नखाने, फरक-फरक माटोका तह देखाइएको, जसका कारण जगको डिजाइन नै फरक पर्ने अवस्था बनेको पाइएको छ ।

संशोधित डिजाइन अनुसार फाउन्डेसनमा भएका पाइलहरूको लम्बाइ पहिलेको भन्दा १५.५ मिटरले बढी देखिएको छ । यसले प्रारम्भिक डिजाइन गलत भएको मात्र होइन, त्यसै अनुसार निर्माण गरिएको पुलको सम्पूर्ण संरचना नै गम्भीर जोखिममा रहेको आयोगको निष्कर्ष छ ।

अख्तियारले विस्तृत अनुसन्धान गरी मिसिल थन्क्याएको छ । तर अहिलेसम्म अभियोजन भने गरेको छैन ।

पुल नबन्दा सिरहा, धनुषा, सप्तरी, महोत्तरीको लाखौं नागरिक सास्ती भोग्न बाध्य छन् । तर न सम्बन्धित निकायले समयमा पुल बनाएको छ, न ठेकेदारलाई कारबाही नै गरेको छ ।

सरकारले अर्को नयाँ पुल बनाउन पनि कुनै चासो देखाएको छैन । अख्तियारले नै मुद्दा अभियोजन गरी दोषी उपर कारबाही प्रक्रिया अगाडि बढाउन पनि सकेको छैन ।

अख्तियारका एक अधिकारी भन्छन्, ‘विस्तृत अनुसन्धान गर्दासम्म पुल निर्माणमा चरम लापरबाही देखिएको तथ्य र निष्कर्ष छ । यो ठूलो अपराध हो । तर किन मुद्दा पेन्डिङ परेको हो भन्न सकिँदैन ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More