― Advertisement ―

इरान-सम्बन्धित ह्याकरहरूले क्यालिफोर्नियाको पानीको उपयोगिताको उल्लङ्घन गरे जसले लाखौंलाई सेवा दियो र उनीहरूले अनलाइन भेट्टाएका सबै कुरा प्रकाशित गरे।

इरानी haaker र 5GB पानी पहुँच गर्ने दुई प्रणाली डाटाएक कमजोर सुरक्षित GPS उपकरणले आक्रमणकारीहरूलाई Cal वाटर भित्र सिधा बाटो दियोसात क्यालिफोर्निया जिल्लाहरूको लागि...
HomeLatest newsअरुण क्षेत्री स्टारर ‘हन्टर’ को छायांकन इन्ड-क्ल्याप

अरुण क्षेत्री स्टारर ‘हन्टर’ को छायांकन इन्ड-क्ल्याप


राष्ट्रिय

समाचार.

  • एक्सन ड्रामा फिल्म ‘हन्टर’ को ४५ दिनको छायांकन पश्चिमका विभिन्न स्थानमा सकिएको छ।
  • निर्देशक जीवन सिंहले वास्तविक घटनालाई काल्पनिकरुपमा रुपान्तरण गरिएको बताए।
  • फिल्मको प्रदर्शन मिति पोस्टप्रोडक्सन सकिएपछि मात्र घोषणा गरिने निर्देशक सिंहले जानकारी दिएका छन्।

काठमाडौं । एक्सन ड्रामा फिल्म ‘हन्टर’ को छायांकन सकिएको छ । ४५ दिन लगाएर पश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

जीवन सिंहको डेब्यू निर्देशन रहेको यो फिल्मलाई क्याच कक इन्टरटेनमेन्ट प्रालिले प्रस्तुत गरेको हो । पटकथाकार र सम्पादक पनि सिंह स्वयम हुन् ।

सुदूरपश्चिम नेपालको कथा पेश गर्ने फिल्मलाई वास्तविक जीवनबाट प्रेरित रहेको बताइएको छ । वास्तविक घटनालाई काल्पनिकरुपमा रुपान्तरण गरिएको निर्देशक सिंहले बताए ।

शीर्ष भूमिकामा अरुण क्षेत्री छन् । प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन, गीता अधिकारीको अभिनय छ ।

कृष्ण थापाको छायांकन रहेको फिल्ममा एक्सन कोरियोग्राफी शुक्र साहको छ । विक्रम स्वाँर र सञ्जय खिमजिमको नृत्य निर्देशन रहेको फिल्ममा बाबुल गिरीको संगीत छ । कार्यकारी निर्माता रोयल भीमसेन हुन् ।

ममता सिंह, गोविन्द रोक्का र राज भट्ट निर्माता रहेको फिल्ममा मनीष चन्द सह-निर्माता छन् । प्रदर्शन मिति तय छैन । पोस्टको काम सबै सकिएपछि मात्रै रिलिज मिति घोषणा गर्ने निर्देशक सिंहले जानकारी दिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More