― Advertisement ―

‘हाम्रो डिजिटल भाग्यको नियन्त्रण पुन: प्राप्त गर्नुहोस्’: फ्रान्सले यूएस टेकमा निर्भरता कम गर्न लिनक्सको लागि विन्डोज खान्छ

डिजिटलमा जाँदैछ "सबै उदाहरणद्वारा फ्रान्स जाँदैछ" सार्वभौमिकताLinux अपरेटिङ सिस्टमहरू विन्डोजमा अनुकूल हुनेछन्स्वास्थ्य डेटा प्लेटफर्म सार्न योजनाहरू पहिले नै छन् id="elk-16f6c5d2-c5b0-434a-9b68-df7716f5ab83">फ्रान्स लागत कटौती गर्न र...
HomeLatest newsअमेरिकालाई टक्कर दिँदै चीनले सार्वजनिक गर्‍यो विमानवाहक युद्धपोत

अमेरिकालाई टक्कर दिँदै चीनले सार्वजनिक गर्‍यो विमानवाहक युद्धपोत


राष्ट्रिय

समाचार.

  • चीनले आफ्नो तेस्रो विमानवाहक युद्धपोत ‘फुजियान’लाई समुद्रमा तैनाथ गरेको छ, जसमा विद्युत् चुम्बकीय क्याटापल्ट प्रणाली जडान गरिएको छ।
  • फुजियान युद्धपोतलाई चीनको नौसेना विकासको महत्त्वपूर्ण कोशेढुङ्गा मानिएको छ र यसले तीन किसिमका विमानहरू प्रक्षेपण गर्न सक्छ।
  • राष्ट्रपति सी जिनपिङको उपस्थितिमा दक्षिणी हैनान प्रान्तमा फुजियानको सेवा प्रवेश समारोह सम्पन्न भएको थियो।

२१ कात्तिक, काठमाडौं । चीनले आधुनिक विमानवाहक युद्धपोत नौसेनालाई सुम्पिएको छ । शान्दोङ र लियाओनिङपछि चीनले आफ्नो तेस्रो विमानवाहक युद्धपोत ‘फुजियान’लाई समुद्रमा तैनाथ गरेको हो ।

अमेरिकासँग शक्ति संघर्ष बढ्दै गएका बेला चीनले नयाँ युद्धपोत तैनाथ गर्नुलाई गम्भिरताका साथ हेरिएको छ ।

केही दिनअघि राष्ट्रपति सी जिनपिङको उपस्थितिमा सम्पन्न भव्य समारोहपछि उक्त युद्धपोत आधिकारिक रूपमा सञ्चालनमा आएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको तेस्रो विमानवाहक युद्धपोत फुजियानमा विद्युत् चुम्बकीय क्याटापल्ट प्रणाली  जडान गरिएको छ, जसले विमानलाई उच्च गतिमा प्रक्षेपण गर्न सक्षम बनाउँछ । जुन प्रविधि विश्वमै हालसम्म अमेरिकाले मात्र आफ्ना युद्धपोतमा प्रयोग गर्दै आएको थियो ।

यसले चीनको नौसैनिक क्षमतामा ठूलो प्रगति भएको संकेत गर्ने बीबीसीले उल्लेख गरेको छ ।

जहाजको संख्याका आधारमा हाल चीनसँग विश्वकै सबैभन्दा ठूलो नौसेना छ । राष्ट्रपति सीको नेतृत्वमा चीनले पछिल्ला वर्षहरूमा अत्यन्त तीव्र गतिमा नौसेनिक शक्ति विस्तार गर्दै आएको छ, जस कारण अमेरिका र उसका सहयोगी राष्ट्रहरूमा दबाब बढेको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार फुजियानले आफ्नो विद्युत् चुम्बकीय क्याटापल्ट र समथर उडान डेकको माध्यमबाट तीन किसिमका विमानहरू प्रक्षेपण गर्न सक्छ ।

चीनमै निर्मित यो युद्धपोतलाई यसअघिका दुई विमानवाहक युद्धपोत लियाओनिङ र शान्दोङभन्दा धेरै शक्तिशाली मानिएको छ । बढी भारका हतियार र इन्धन बोकेका विमानलाई प्रक्षेपण गर्ने क्षमताका कारण यसलाई शक्तिशाली मानिएको हो ।

फुजियानलाई चीनको नौसेना विकासको ‘महत्त्वपूर्ण कोशेढुङ्गा’को रूपमा अर्थ्याउँदै चिनियाँ सञ्चारमाध्यमहरूले प्रशंसा गरेका छन् ।

बुधबार दक्षिणी हैनान प्रान्तमा फुजियानको सेवा प्रवेश समारोह भएको थियो ।

समारोहमा राष्ट्रपति सीले युद्धपोतको डेकको निरीक्षण गर्दै समुद्रमा यसको प्रदर्शनसम्बन्धी जानकारी लिएका थिए ।

राष्ट्रपति सी कै निर्णयमा विद्युत् चुम्बकीय क्याटापल्ट प्रविधि अपनाइएको बताइएको छ ।

समारोहका क्रममा युद्धपोतमा उभिएका नौसैनिकहरूले पार्टीको आदेश पालन गर्ने, युद्धमा जित्ने र अनुशासन कायम राख्ने प्रतिबद्धता जनाउँदै एक स्वरमा ‘पार्टीको आदेश पालना गर, जितका लागि लड्, र उत्कृष्ट आचरण कायम राख,’ भनेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More