― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
HomeLatest news‘अभिमन्यु’ हिन्दी संस्करणको टिजर सार्वजनिक – KhabarHost

‘अभिमन्यु’ हिन्दी संस्करणको टिजर सार्वजनिक – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म ‘अभिमन्यू’ ले १८ मंसिरदेखि नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने टिजर युट्युबमा सार्वजनिक गरेको छ।
  • टिजरमा प्रेम, रहस्य, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरी हिरासतमा पुगेको आरोपी र उसको बयान देखाइएको छ।
  • फिल्म सुशान्त गौतमले निर्देशन गरेका हुन् र मुख्य भूमिकामा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ लगायत छन्।

काठमाडौं । १८ मंसिरदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अभिमन्यू’ ले हिन्दी संस्करणको टिजर युट्युबमा सार्वजनिक गरेको छ ।

यो फिल्म सो मितिमा नेपाल, भारतसहित अन्तर्राष्ट्रिय बजारमा नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने जनाइएको छ ।

टिजरमा चलचित्रका अधिकांश मुख्य कलाकारलाई देख्न सकिन्छ । प्रेम, रहस्य, पैसाको प्रलोभन, अपहरण, सेयर बाँडफाँट, प्रहरी हिरासतमा पुगेको आरोपी र उसको बयान फिल्ममा देख्न सकिन्छ ।

सिनेमाको मुख्य पात्र नै कसरी अपहरणकारी बन्न बाध्य हुन्छ भन्ने रहस्यपूर्ण कथावस्तु टिजरमा चित्रित छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको फिल्मको पटकथा मुकेश खनालको छ । निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता हुन् ।

कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । लाइन प्रोड्युसरमा जीवन शाक्य छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More