― Advertisement ―

प्रधान सदस्य ? तपाईंले प्राइम डे २०२६ अगाडी नै $३३५ नि:शुल्क लाभहरू प्राप्त गर्न सक्नुहुन्छ — कार्यक्रम अघि दाबी गर्नका लागि यहाँ ८ उत्कृष्ट...

Amazon प्राइम डे लगभग आइपुगेको छ, यस वर्षको बिक्री आधिकारिक रूपमा जुन २३ मा सुरु हुँदैछ। जबकि टेक हाउसको प्रमुख कार्यक्रमबाट सबै कुरालाई फ्ल्याग...
HomeLatest news‘अभिमन्यु’ हलमा लाग्यो, ओपनिङ अकुपेन्सी कस्तो छ ? – KhabarHost

‘अभिमन्यु’ हलमा लाग्यो, ओपनिङ अकुपेन्सी कस्तो छ ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • सोसल-थ्रीलर फिल्म ‘अभिमन्यु’ विहिबारदेखि नेपालमा प्रदर्शनमा आएको छ र देशब्यापी ८६ शो पाएको छ।
  • फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् र दाइजो प्रथाको कथावस्तुमा बनेको छ।
  • निर्देशक सुशान्त गौतमको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट दिएको छ र भारतमा सेन्सर प्रक्रिया बाँकी छ।

काठमाडौं । सोसल-थ्रीलर ‘अभिमन्यु’ विहिबारदेखि नेपालमा प्रदर्शनमा आएको छ । उँधौली, योमरी पुन्ही र ज्यापु दिवसको सार्वजनिक बिदाको दिनमा फिल्म हलमा लागेको हो ।

फिल्मले विहिबार देशब्यापी ८६ शो पाएको छ । प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको फिल्मले सुखद अकुपेन्सी हासिल गरेको देखिएको छ । दिउँसो र बेलुकीपख अकुपेन्सीमा केही बढोत्तरी देखिन्छ ।

फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा शीर्ष भूमिकामा छन् । दाइजो प्रथाको कथावस्तुमा बनेको फिल्म थ्रीलर जनरामा बनेको छ । पारिवारिक कथावस्तुका फिल्म लगातार हेर्दै आएका दर्शकलाई भिन्न जनराको स्वाद यो फिल्मले दिनसक्ने आशा राख्न सकिन्छ ।

१०८ मिनेट रनटाइमको यो फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट दिएको छ । यसको अर्थ, अभिभावकसहित बालदर्शकले यो फिल्म हेर्न सक्नेछन् ।

यो फिल्मको अन्तर्राष्ट्रिय वितरक सेभेन सिज सिनेमाजले नेपाल र भारतमा एकसाथ फिल्म प्रदर्शनमा आउने जनाएको थियो । तर, भारतमा भने तत्काल रिलिज नहुने भएको छ । यसो हुनुमा सेन्सर लगायतका प्रक्रिया बाँकी रहेको कुरा बताइएको छ ।

सुशान्त गौतम निर्देशित फिल्मको पटकथा खनालले लेखेका हुन् । कामेश्वर र लक्ष्मीसँगै यसमा किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङदेलको पनि अभिनय छ ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । अहिले हलमा अर्को नेपाली फिल्म ‘परान’ को पनि दबदबा देखिन्छ । अहिले पनि हलमा १०० हाराहारीमा परानका शोज कायमै छन् । यस्तोमा, अभिमन्युको लागि परान पनि चुनौती बन्न सक्छ ।





Read More