― Advertisement ―

‘एआई कम्पनीहरूले अमेरिकी दरदाताहरूलाई ट्याब उठाउन छोड्नु हुँदैन’: एन्थ्रोपिक भन्छ कि यसले यसको डाटा केन्द्रहरूको कारणले हुने बिजुली मूल्य वृद्धिलाई कभर गर्नेछ।

राष्ट्रपति ट्रम्पले ऊर्जालाई बिग्रिस वा बिल नगर्न आग्रह गरेका छन्। उपभोक्ताहरूएन्थ्रोपिकले अपग्रेड लागतहरू तिर्ने र सम्भव भएसम्म नेट-नयाँ ऊर्जा उत्पादन खरिद गर्ने बताएको छCEO...
HomeLatest newsअभिक शतप्रतिशत जितसहित च्याम्पियन – KhabarHost

अभिक शतप्रतिशत जितसहित च्याम्पियन – KhabarHost


राष्ट्रिय

समाचार.

  • सेन्ट जेभियर्स कलेजका अभिक शाहले हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा शतप्रतिशत जित निकाल्दै उपाधि जितेका छन्।
  • प्रतियोगितामा २८ स्कुल तथा कलेजका ३० खेलाडी सहभागी थिए र कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो।
  • प्रतियोगिताको समापन समारोहमा नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए।

५ माघ, काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जित निकाल्दै हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगिताका च्याम्पियन बनेका छन्। अन्तिम तथा नवौं चरणको खेलमा हार्दिक पन्तलाई पराजित गर्दै उनले सोमबार उपाधि हात पारेका हुन्।

कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा प्रत्येक खेलाडीलाई ९० मिनेट समय र प्रति चाल ३० सेकेन्ड इन्क्रिमेन्ट दिइएको थियो। लगातार ९ दिनसम्म चलेको प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने १९ अंकसहित उपविजेता बने भने संस्कार गुरुकुल स्कुलका आशिर्वाद थापा १८ अंकसहित तेस्रो स्थानमा रहे।

शीर्ष वरीयताका अभिकले प्रतियोगितापछि भने, ‘ब्लिज र र्‍यापिड चेस बढी भइरहेका बेला क्लासिकल चेस खेल्न पाउनु आफैंमा महत्वपूर्ण हो। पहिलोपटक लगातार नौ दिन खेल्न पाएँ। सबै खेल जिते पनि प्रतिस्पर्धा निकै रोचक रह्यो। युवा खेलाडीको स्तरवृद्धिका लागि क्लासिकल चेस अत्यन्त आवश्यक छ र हिमालयन च्यालेन्जर्सले धेरै नयाँ कुरा सिक्ने अवसर दिएको छ।’ १७ वर्षीय अभिक यसअघि हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपका विजेता पनि हुन्।

स्विस लिग प्रणालीअनुसार नौ चरणमा सम्पन्न प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिक पन्तलाई पराजित गर्दै अधिकतम २७ अंक जोडेर उपाधि जितेका हुन्। उनले अन्तिम खेल बाँकी रहँदै उपाधि सुनिश्चित गरिसकेका थिए।

प्रत्येक जितमा तीन र बराबरीमा एक अंक दिने नियमअनुसार सजल न्यौपानेले ६ जित, १ बराबरी र २ हारसहित १९ अंक जोड्दै दोस्रो स्थान सुरक्षित गरे। अन्तिम खेलमा सात्विकमान तुलाधरलाई पराजित गरेपछि उनले उपविजेता स्थान पक्का गरेका हुन्। उक्त खेल जित्न नसकेको भए सात्विक दोस्रो स्थानमा उक्लिने सम्भावना थियो।

आशिर्वाद थापाले अन्तिम खेलमा लियोन महर्जनलाई पराजित गर्दै ५ जित, ३ बराबरी र १ हारसहित १८ अंक जोडेर तेस्रो स्थान हात पारे। समान १८ अंक जोडेका मातृभूमि स्कुलका प्रवीर केसी टाइब्रेकर (बुगोल्स) मा पछि परे।

महिलातर्फ निहाना श्रेष्ठ १५ अंकसहित पहिलो भइन्। समान अंक जोडेका उजिभानी कँडेल टाइब्रेकरका आधारमा दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रो स्थानमा रहे। उमेर समूह अन्तर्गत यू–८ मा विराज सरिया, यू–१० मा शुभांग प्रधान, यू–१२ मा हार्दिक पन्त, यू–१४ मा प्रवीर केसी र यू–१६ मा विमश लोहनी प्रथम भए। अरिज राईले ५ जित र ४ हारसहित १५ अंक जोड्दै इमर्जिङ प्लेयर अवार्ड प्राप्त गरे।

२८ वटा स्कुल तथा कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागी प्रतियोगितामा १५ फिडे रेटेड र १५ अनरेटेड खेलाडी थिए। दुर्लभ बन्दै गएको क्लासिकल चेसलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले बताइन्। प्रतियोगिताका प्रत्येक राउन्डपछि पूर्व राष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेल विश्लेषण प्रस्तुत गरेका थिए।

समापन समारोहमा नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा प्रमुख अतिथि रहेका थिए। राष्ट्रिय खेलकुद परिषद् सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौं जिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ, साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निर्देशक टिका निधि लोहनीलगायतले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे।





Read More