― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsअब ५ घण्टामा मतदान सकिन्छ, कोही नछुटौँ – KhabarHost

अब ५ घण्टामा मतदान सकिन्छ, कोही नछुटौँ – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेको महाधिवेशनमा बुधबार बिहान सवा ९ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा मतदान सुरु भएको छ।
  • महासचिव शंकर पोखरेलका अनुसार १६५४ मत खसिसकेको छ र पाँच घण्टामा सबै प्रतिनिधिले मतदान सक्नेछन्।
  • एमालेमा नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

३ पुस काठमाडौँ । नेकपा एमालेको महाधिवेशनमा बुधबार बिहानदेखि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान सवा ९ बजेबाट मतदान सुरु भएको हो । महासचिव तथा महासचिवकै उम्मेदवार शंकर पोखरेलका अनुसार एक हजार ६ सय ५४ मत खसिसकेको छ ।

उनका अनुसार अब ५ घण्टामा सबै प्रतिनिधिले मतदान गरिसक्नेछन् ।

‘१६५४ मत खसेको छ । अब ५ घण्टामा मतदान सकिने छ,’ मध्यराति १२ः५० बजे पोखरेलले भनेका छन्, ‘मतदान गर्नबाट कोही पनि नछुटौँ । आन्तरिक लोकतन्त्रलाई समृद्द बनाऔँ ।’

एमालेमा नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन् ।





Read More