― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsअपांगता भएकाहरूको साहस, दृढता र समर्पणले अघि बढ्न प्रेरणा दिएको छ :...

अपांगता भएकाहरूको साहस, दृढता र समर्पणले अघि बढ्न प्रेरणा दिएको छ : प्रचण्ड – KhabarHost



१७ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा रहेको बताएका छन् । ३४‍औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

‘देश अहिले राजनीतिक, आर्थिक र सामाजिक चुनौतीको अवस्थामा छ । यस परिस्थितिमा अपांग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हाम्रो साझा जिम्मेवारी हो’ उनी लेख्छन्, ‘समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, शिक्षा–रोजगारमा समान अवसर र सम्मानजनक जीवनका आधारहरूमा टेकेर नै हामी सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्न सक्छौँ ।’

आन्दोलनहरूमा विशिष्ट योगदान दिँदै अपांगता भए पनि राष्ट्र, समाज र न्यायका पक्षमा उभिएकाको साहस, दृढता र समर्पणले निरन्तर अघि बढ्न प्रेरणा दिएको उनले बताएका छन् ।

उनी लेख्छन्, ‘हाम्रो राजनीतिक यात्राका कठिन मोडहरू जनयुद्धलगायत परिवर्तनका विभिन्न निर्णायक आन्दोलनहरूमा विशिष्ट योगदान दिँदै अपांग बनेर पनि राष्ट्र, समाज र न्यायका पक्षमा उभिनुभएका हजारौँ साथीहरूको योगदान अमूल्य छ । उहाँहरूको साहस, दृढता र समर्पणले हामीलाई निरन्तर अघि बढ्न प्रेरणा दिएको छ ।’

सबै प्रकारका अपांगता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य गर्न, उपचार र जीविकोपार्जनको ग्यारेन्टी सुनिश्चित गर्न र सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माणका लागि सबै पक्षलाई हातेमालो गर्न उनको आग्रह पनि छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More