― Advertisement ―

Surfshark ले TechRadar अनुसन्धान पछि बिग्रिएको पोस्ट-क्वान्टम VPN प्रोटोकल फिक्स गर्दछ

TechRadar द्वारा परीक्षणहरू पछ्याउँदै, Surfshark ले आफ्नो नयाँ, मालिकाना VPN प्रोटोकल, 'दौसोस। अद्यावधिकले निश्चित आवासीय फाइबर जडानहरूमा प्रोटोकलले अब सही रूपमा काम गर्छ...
HomeLatest newsअपराजित विराटनगरले चितवनसँग खेल्दै – KhabarHost

अपराजित विराटनगरले चितवनसँग खेल्दै – KhabarHost


राष्ट्रिय

समाचार.

  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग क्रिकेट २०२५ मा विराटनगर किङ्स र चितवन राइनोजबीच आज त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे खेल हुँदैछ।
  • विराटनगर किङ्सले ३ खेलमा अपराजित रहँदै ६ अंकसहित दोस्रो स्थान ओगटेको छ भने चितवन राइनोज २ खेलमा २ अंकसहित पाँचौं स्थानमा छ।
  • गत संस्करणमा विराटनगरले चितवनलाई ५१ रनले हराएको थियो र आज पनि विराटनगरले अपराजित यात्रा कायम राख्ने लक्ष्य राखेको छ।

१० मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आज एकमात्र खेल हुँदैछ । आज विराटनगर किङ्सले चितवन राइनोजसँग खेल्दै छ । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।

विराटनगरले हालसम्म ३ खेल खेल्दा अपराजित छ । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराएको विराटनगरले त्यसपछि काठमान्डु गोर्खाज र जनकपुर बोल्ट्सलाई हराएको हो ।

यस्तै चितवन राइनोजले भने हालसम्म २ खेल मात्र खेलेको छ । पहिलो खेलमा कर्णाली याक्सलाई हराएको चितवन दोस्रो खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

विराटनगर अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ भने चितवनले दोस्रो खेलमा बेहोरेको हारपछि बाउन्स ब्याक गर्ने सोचका साथ मैदानमा उत्रिने छ ।

यी दुई टोलीबीच गत संस्करण भएको एक खेलमा विराटनगरले ५१ रनको फराकिलो जित निकालेको थियो ।

अंकतालिकामा हाल ३ खेलमा ३ जितसहित ६ अंक भएको विराटनगर दोस्रो स्थानमा छ । २ खेलमा २ अंक भएको चितवन पाँचौं स्थानमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More