― Advertisement ―

महँगो नयाँ कफी मेसिन खरिद नगरी घरमा क्याफे-गुणस्तरको ल्याट्स चाहनुहुन्छ? जुराको नयाँ ग्याजेटले प्रत्येक पटक पूर्ण रूपमा फोम गरिएको दूधको साथ तपाईंको पेयहरू अपग्रेड...

यदि तपाईंलाई राम्रोसँग बनाइएको ल्याटे वा क्यापुचिनो मनपर्छ तर घरमा दूधको सही बनावट सिर्जना गर्न संघर्ष गर्दै हुनुहुन्छ भने, मद्दत हातमा छ। जुराले भर्खरै...
HomeLatest newsअन्तर कलेज गर्ल्स बास्केटबलको सेमिफाइनल समिकरण पूरा

अन्तर कलेज गर्ल्स बास्केटबलको सेमिफाइनल समिकरण पूरा


राष्ट्रिय

समाचार.

  • दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
  • ब्लुबर्ड कलेजले कान्जिरोवालाई २८-२४ अन्तरले हराएको छ।
  • सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्ड र जेभियरले ल्यान्डमार्कसँग खेल्नेछन्।

१९ मंसिर, काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।

एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा रोएल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा शुक्रबार भएको खेलमा ब्लुबर्ड कलेजले कान्जिरोवालाई २८-२४ अन्तरले हरायो । ब्लुबर्डकी मिरा तामाङले सर्वाधिक १२ अंक स्कोर गरिन् ।

पाँच टोली सहभागि प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाएका छन् ।

लिग चरणमा गोल्डेनगेट इन्टरनेसनल कलेज पहिलो, जेभियर इन्टरनेसनल कलेज दोस्रो, ल्यान्डमार्क एकेडेमी तेस्रो र ब्लुबर्ड कलेज चौथो हुँदै सेमिफाइनल पुगेको हो ।

अब सेमिफाइनलमा गोल्डेनगेटले ब्लुबर्ड तथा जेभियरले ल्यान्डमार्कसँग खेल्ने आयोजकले जनाएको छ ।

सेमिफाइनलको दुई विजेता फाइनल पुग्नेछन् । फाइनल खेल डिसेम्बर ७ मा हुनेछ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More